Thread Rating:
  • 0 Vote(s) - 0 Average
  • 1
  • 2
  • 3
  • 4
  • 5
नेपालमा क्रिप्टोकरेन्सी लगानीको बास्तबिकता र जोखिम
#1
नेपालमा अझै पनि बिटक्वाइन र वास्तविक क्रिप्टोकरेन्सीहरुको बारेमा धेरैलाई उचित ज्ञान छैन| कतिपय बिटक्वाइन प्रयोगकर्तानै अझै पनि बिटक्वाइनको वास्तविक तथ्यबाट टाढा रहेको पाइन्छ| त्यसैले नेपालमा क्रिप्टोकरेन्सीलाई उदाहरणको रूपमा प्रयोग गरेर थरि थरिका मार्केटिंग योजनाहरु (Marketing Schemes) संचालन भैरहेको पाइएको छ| Networking Business को स्वरूपमा देखिने त्यस्ता योजनाहरु वास्तविक क्रिप्टोकरेन्सीसंग एकदमै कम सम्बन्धित र कम्पनीका संचालक र प्रमोटरहरुको फाइदाको लागि धेरै सक्रिय देखिन्छन| क्रिप्टोकरेन्सी सिकाउने/प्रोत्साहन गर्ने नाममा सुरुमा केहीलाई सदस्य बनाउने र तिनै बनेका सदस्य मार्फत अरु सदस्यहरु थप्दै जाने तरिकाको Ponzi Networking को बिगबिगी नै देखिन्छ नेपाल मा| यस्तो प्रकारको Networking योजनाहरुले आम नेपालीमाझ बिटक्वाइन र वास्तविक क्रिप्टोकरेन्सीको बुझाईमै फरक पार्ने निश्चित छ| क्रिप्टोकरेन्सीमा लगानी गर्न को लागि कसैलाई पनि कुनै कम्पनीको सदस्य बन्नु पर्ने हुदैन, र अरु सदस्य थप्दै जानु पर्ने भन्ने हुदैन| यो आफैले सिधै लगानी गर्न सक्ने प्रबिधि हो|

क्रिप्टोकरेन्सी बजारमा अहिले लगभग २००० भन्दा बढी क्रिप्टोकरेन्सी संचालनमा छन् तर ति मध्ये धेरै जस्तो क्रिप्टोकरेन्सी पुरै नक्कली रहेको र कुनै पनि बेला पतन हुने क्रममा रहेका छन्| अहिलेसम्मको पुरै क्रिप्टोकरेन्सी बजारमा एकदमै थोरै क्रिप्टोकरेन्सीहरु उपयोगी र भबिस्य मा मूल्यवान बन्दै जाने छन् भने अरु धेरै लोप नै हुने निश्चित छ| वास्तविक क्रिप्टोकरेन्सीले आफ्नो धेरै लक्ष्य बोकेको हुन्छ र लक्ष्य हाशिल गर्नको लागि अगाडिको दिशामा बढिरहेको हुन्छ भने बिना उदेस्य बनाइएका क्रिप्टोकरेन्सी केहि समय पछि पलायन हुने र लगानीकर्ताको लगानी पुरै फस्ने निश्चित प्राय नै हुन्छ| राम्रो र दिगो/भरपर्दो क्रिप्टोकरेन्सी बनाउनु चानेचुने कुरा हैन| वास्तविक क्रिप्टोकरेन्सी बनाउनको लागि प्रसस्त ज्ञान, शिप, मेहनत र बलियो Team को जरुरत हुन्छ| विभिन्न प्रोग्रामिंग भाषाहरु जस्तै C++, Java, Python, Node.js, Solidity जस्ता प्रोग्रामिंग भाषाहरुमा राम्रो ज्ञान भएको व्यक्तिले मात्र क्रिप्टोकरेन्सी Develop गर्न सक्छन र आफुले बनाएको क्रिप्टोकरेन्सीलाई विश्व सामु स्थापित गर्न सक्ने कुरा हुन्छ| हचुवाको भरमा Copy/Paste गरेर बनाइएका क्रिप्टोकरेन्सीको भबिस्य राम्रो देखिदैन| यस्ता क्रिप्टोकरेन्सीहरु केवल केहि सिमित मानिसहरुको आफ्नो स्वार्थ पूर्तिका निमित्त अझै ठोस रूपमा भन्दा उनीहरुलाई छिट्टै धनि बनाउन (get rich quick)  का लागि बनाइएका हुन्छन र तेस्कै लागि मार्केटिंग गरिएका हुन्छन र प्रयोगकर्ता अथवा लगानीकर्ताको सक्दो पैसा उठाएर अन्त्यमा मुख्य मान्छेहरु पलायन हुन्छन|

सन् २०१३/२०१४ तिरबाट नेपाली बजारमा भित्रिएको क्रिप्टोकरेन्सीको Networking मा धेरै यस्तै प्रकारका क्रिप्टोकरेन्सीहरुले मुख्य स्थान लिदै आएको पाइएको छ र धेरै लगानीकर्ताहरु ठगीको सिकार पनि बन्न पुगिसकेका छन्| क्रिप्टोकरेन्सीमा लगानी गर्नु र यसबाट फाइदा लिनु भनेको एकदमै संबेदनशील कुरा हो| एकदमै अध्ययन गरेर बिज्ञहरुसंग सल्लाह लिएर मात्रै लगानीको सोच बनाउनु लगानीकर्ताको पनि प्रमुख जिम्मेबारी हुन आउछ| नेपालमा अझै पनि कतिपय यस्ता मार्केटिंग प्रोमोटरहरु भेटिन्छन जसलाईनै क्रिप्टोकरेन्सीको बारेमा बिस्तृत ज्ञान भएको पाइदैन| त्यसैले हामी सबैले आफ्नो तर्फबाट सकेसम्मको सजकता अपनाउनु राम्रो हुन्छ|


Website: https://www.nepalbitcoin.club
Facebook: https://www.facebook.com/nepalbitcoinclub/
Twitter: https://twitter.com/nplbitcoinclub
Telegram: https://t.me/nplbitcoindotclub (for Developers)
Reply


Forum Jump:


Users browsing this thread: 1 Guest(s)