Thread Rating:
  • 0 Vote(s) - 0 Average
  • 1
  • 2
  • 3
  • 4
  • 5
बिटक्वाइनमा लगानीकर्ताको चासो र सुरक्षाको चिन्ता
#1
कुनै पनि क्षेत्रमा लगानी गरेर लगानीकर्ता बन्नु भनेको एकदमै गम्भीर कुरा हो! यसको लागि प्रसस्त अनुभब, ज्ञान, कौशल, पैसा र समय खर्चिनु पर्ने हुन्छ तब मात्र सफल बन्न सकिन्छ! त्यस्तै हुर्कदै गरेको Bitcoin तथा अन्य Cryptocurrency क्षेत्रमा लगानी गर्नु भनेको सामान्य कुरा हैन! यस क्षेत्रमा जति फाइदा  देखिन्छ जोखिम पनि तेति नै रहेको छ! Bitcoin र Blockchain प्रविधिको आफुलाई पूर्ण ज्ञान नभएको खण्डमा सजिलै फसिने र कसैले गलत नियतले पनि सजिलै फसाउन सक्ने जोखिम रहेको हुन्छ! हामी आफैले पढेको र सुन्दै आइरहेको कुरा पनि हो नेपालमा अथवा बिदेशमा ठुलै नाम चलेको संस्था तथा व्यक्तिहरु पनि Bitcoin तथा Cryptocurrency मा लगानी गर्न पुरै बिश्वस्त नरहेको पाइन्छ|  यसको प्रमुख कारण नै Bitcoin र यसको पछाडीको प्रबिधिको राम्रोसंग ज्ञान नहुनु लाई नै लिन सकिन्छ! Bitcoin को मूल्य अस्थिरता एक पक्ष्य हो भने Bitcoin मा लगानी गरेर त्येसलाई सुरक्षित र भरपर्दो तरिकाले राख्न सक्नु अर्को पक्ष्य हुन आउछ! कतिपय मानिसहरु Bitcoin को अस्थिर मूल्य देखेर लगानी गर्न हिच्किचाई रहेको पाइन्छ भने कतिपय मानिसहरु भने Bitcoin तथा अन्य Cryptocurrency  खरिद गरिसके पछि आफ्नो लगानीलाई कसरि लामो समयसम्म सुरक्षित राख्ने भन्ने कुरामा  पूर्ण रूपमा बिश्वस्त नरहेको पाइन्छ! हुन पनि कहिलेकाहीं मानिसहरुको आफ्नो कम ज्ञान को कारणले अथवा हेल्चक्राइको कारणले आफ्नो लगानी गुमाउन पुगिरहेका हुन्छन!  त्येसैले यसको एक मात्र समाधान भनेको प्रबिधिलाई एकदमै गहन अध्ययन अनुसन्धान गरेर यसको बारेमा पूर्ण जानकारी हासिल गरेर आफुलाई बिश्वस्त बनाएपछि मात्रै लगानी गर्नु उचित देखिन्छ! 

Bitcoin आफैमा सुरक्षित प्रोटोकल हो जुन अहिलेसम्म कै भुक्तानी प्रणालीमा सबैभन्दा सफल मानिन्छ! क्रेडिट कार्ड जस्तै Visa /MasterCard  नेटवर्क बेला बेलामा hack भएको हुन्छ तर Bitcoin नेटवर्क अहिले सम्म त्यस्तो hack बाट गुज्रनु परेको छैन! Bitcoin Mining को Hash Power ले Bitcoin को Network लाई सुरक्षित राखेको हुन्छ! जब Bitcoin प्रयोगकर्ताको हातमा पुग्छ त्यतिबेला उनीहरुले आफुसंग भएको Bitcoin कसरि सुरक्षित राख्ने भन्ने बारेमा ज्ञान लिनु उपयुक्त हुन्छ! Bitcoin प्रयोगकर्ताहरुले आफ्नो Bitcoin सुरक्षित राख्न विभिन्न किसिमका प्रक्रियाहरु अबलम्बन गरेको पाइन्छ जस्तै Hardware Wallet प्रयोग गर्ने, Paper Wallet प्रयोग गर्ने, आफ्नो वालेटको Private  Keys/passphrase सुरक्षित राखने, Cold Storage, Bitcoin भएको Computer लाई इन्टरनेट बाट offline राख्ने इत्यादी | यसरि Bitcoin सुरक्षाका प्रक्रियाहरुमा ध्यान दिएको खण्डमा Bitcoin हराउने/नस्ट हुने चिन्ताबाट छुटकारा पाउन सकिन्छ!

कतिपय बिदेसी राष्ट्रहरुतिर ठुला कम्पनीहरुले Bitcoin मा आफ्नो ब्यापारिक/औधोगिक लगानी सुरक्षित राख्न र यसको कारोबार गर्नको लागि इन्टरनेटमा सुरक्षा सम्बन्धि पूर्ण ज्ञान भएका बिज्ञहरु (Security Experts)  रोजगारीमा राखेका हुन्छन!  तर हाम्रो व्यक्तिगत सानो लगानीको लागि बिज्ञहरु रोजगारीमा राख्न सम्भब नभएको हुदा आफैले नै Bitcoin को सुरक्षा सम्बन्धि ज्ञान राम्रो संग लिएर मात्र यसमा अगाडी बढ्नु उचित हुन्छ!


Website: https://www.nepalbitcoin.club
Facebook: https://www.facebook.com/nepalbitcoinclub/
Twitter: https://twitter.com/nplbitcoinclub
Telegram: https://t.me/nplbitcoindotclub (for Developers)
Reply


Forum Jump:


Users browsing this thread: 1 Guest(s)