Thread Rating:
  • 0 Vote(s) - 0 Average
  • 1
  • 2
  • 3
  • 4
  • 5
बिटक्वाइन सुरु कसरि गर्ने?
#1
बिटक्वाइन कसरि सुरु गर्ने?

बिटक्वाइन एक भर्चुअल मुद्रा हो! यो रुपैया, डलर, येन जस्तो काजग अथवा सिक्का को स्वरूपमा हुदैन!  बिटक्वाइनलाई केवल एक कम्प्युटर बाट अर्को कम्प्युटर अथवा एक स्मार्ट फोनबाट अर्को फोनमा वालेटको प्रयोग गरेर स्थानान्तरण (transfer) गर्न सकिन्छ! बिटक्वाइनका वालेटहरु विभिन्न किसिमका हुन्छन! मुख्य वालेटलाई बिटक्वाइन कोर (Bitcoin Core Wallet) भनिन्छ जुन बिटक्वाइनको मुख्य वेबसाइट (www.bitcoin.org) बाट डाउनलोड गरेर आफ्नो कम्प्युटर अथवा ल्याप्टपमा install गर्न सकिन्छ! त्येस्तै बिटक्वाइन सुरक्षित राख्न (Store गर्न) अरु विभिन्न प्रकारका Wallet हरु पनि उपलब्ध छन् त्यो सबै को सूची बिटक्वाइन को मुख्य वेबसाइटमा उपलब्ध छ!

Website Link : https://bitcoin.org/en/choose-your-wallet

तपाई भर्खर बिटक्वाइन सिक्दै हुनुहुन्छ भने हामीले बिटक्वाइन कोर (Bitcoin Core Wallet) अथवा Bitcoin Electrum वालेट प्रयोग गर्न सल्लाह दिन्छौ! Bitcoin Core Wallet का लागि आफ्नो कम्प्युटरको हार्ड डिस्कमा प्रसस्त खाली ठाउँ हुनु पर्छ येदि छैन भने Electrum Wallet प्रयोग गर्नु बेश हुन्छ!
https://bitcoin.org/en/wallets/desktop/w.../electrum/

येदि तपाई मोबाइल फोन (स्मार्ट फोन) प्रयोगकर्ता हो भने apple store /google playstore मा गएर Bread Wallet (BRD) खोजेर Bread Wallet Install गर्न सक्नुहुन्छ! बिटक्वाइन प्रयोगकर्ताले एकदमै ख्याल राख्नु पर्ने कुरा के हुन्छ भने Bitcoin Wallet Install गर्दा जहिले पनि हामिलाई Backup Passphrase जसलाई Backup Key/private key पनि भनिन्छ त्यो दियेअको हुन्छ! त्यो विभिन्न प्रकारमा आएको हुन्छ जस्तै (१२-words) त्यो हामीले नोट गरेर, लेखेर सुरक्षित राख्नु पर्छ येदि हाम्रो कम्प्युटर अथवा स्मार्टफोन केहि भयो मानौ हरायो, टुट्यो अथवा चोरी भएको खण्डमा हामीले Backup Key को मद्दतले आफ्नो Wallet मा रहेको Bitcoin अर्को फोनमा अथवा कम्प्युटरमा सार्न सक्छौ! येदि Backup Key हामीसंग भएन भने आफ्नो smartphone मा भएको Bitcoin संगै सधैको लागि हराउन/नस्ट हुन पुग्दछ!

यसरि Bitcoin Wallet Install गरिसकेपछि Wallet को भित्र send /receive function देख्न्न सकिन्छ| Bitcoin (Receive) लिनका लागि प्रयोगकर्ताले Wallet Address प्रयोग गर्नु पर्ने हुन्छ! बिटक्वाइन को Wallet Address प्राय receive section देख्न सकिन्छ!  Bitcoin को Wallet Address लामो शब्द र अंक मिसिएर बनेको हुन्छ ! (Example: 14NKfCEfc71gyAop1GnvN6FGExFkgvduAL) . त्यस्तै कसैलाई बिटक्वाइन पठाउनु पर्यो भने पनि Send function बाट कसलाई पठाउने हो उसको Wallet Address प्रयोग गरेर पठाउन सकिन्छ! येसरी Wallet Address सेट भएपछि तपाई पहिलो पटक bitcoin Send /receive गर्न तैयार हुनु हुनेछ!

त्यस्तै  Bitcoin send/receive र store गर्न अरु विभिन्न किसिमका wallets हरु पनि प्रयोगमा रहेका छन् तर भर्खर सिक्दैगरेका हरुको लागि त्यो असहज लाग्न सक्छ तेसैले बिस्तारै सजिलोबाट सिक्दै जटिल तिर अघि बढ्नु राम्रो हुन्छ!


बिटक्वाइन सम्बन्धि केहि उपयोगी links हरु:
Website:     www.bitcoin.org
Forum:       https://bitcointalk.org/
Wikipedia:  https://en.bitcoin.it/wiki/Main_Page
Explorer:   https://www.blockchain.com/en/explorer
Cryptomarketcap: https://coinmarketcap.com/
Bitcoin Whitepaper: https://bitcoin.org/bitcoin.pdf


Website: [/url]https://www.nepalbitcoin.club
Facebook: https://www.facebook.com/nepalbitcoinclub/
Twitter: https://twitter.com/nplbitcoinclub
Telegram: [url=https://t.me/nplbitcoindotclub]https://t.me/nplbitcoindotclub (Developers forum)
Reply


Forum Jump:


Users browsing this thread: 1 Guest(s)