Thread Rating:
  • 1 Vote(s) - 5 Average
  • 1
  • 2
  • 3
  • 4
  • 5
नेपाल राष्ट्र बैंक ले प्रतिबन्धित गरेको बिटक्वाइन र नेपाली कानुन
#1
नेपाल राष्ट्र बैंक ले प्रतिबन्धित गरेको बिटक्वाइन र नेपाली कानुन

नेपालमा बिटक्वाइन कसरि प्रतिबन्धित भयो, यो गैरकानुनी हो या प्रतिबन्धित भन्ने कुरामा धेरैमा अन्योल रहेको पाइन्छ! नेपाल राष्ट्र बैंकले गत वर्ष साउनमा एक सूचना जारी गर्दै नेपालमा बिटक्वाइन गैरकानुनी रहेको र कसैलाई पनि बिटक्वाइन कारोबार नगर्न र गरेको पाइएमा कारबाही गर्ने भन्ने सूचना प्रकाशित गरे संगै आम बिटक्वाइन प्रयोगकर्ता माझ एक प्रकारको अन्योल र त्रासको स्थिति सिर्जना भएको पाइन्छ! सोहि सूचनाको आधारमा नेपालमा बिटक्वाइन कारोबारीहरु पक्राउ पनि परेर धरौटी रकम तिरेर सामान्य तारेखमा छुटेका छन्, उनिहरुको जिल्ला अदालत काठमाडौँमा मुद्दा फैसलाकै क्रममा रहेको छ!

नेपालमा बिटक्वाइन कारोबारीलाई पक्राउ संगै उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ (सन् २००१) को दफा ९५ मा उल्लेखित कसुर, दण्ड सजाय र कारबाही धारा प्रयोग गरि नेपाल राष्ट्र बैंक बिपक्षी राखेर सजाय मागिएको पाइएको छ जुन दफामा बिटक्वाइनको बारेमा केहि उल्लेख छैन अर्थात् यो ऐन बिटक्वाइन सन् २००९ मा अविस्कार हुनुभन्दा ८ वर्ष अघि सन् २००१ मा संसोधन समायोजन गरिएको थियो! यो दफामा उल्लेख गरिए अनुसारको नियमलाई अध्ययन गर्दा बिटक्वाइनलाई नक्कली/खोटो/ जाली मुद्रा संग बर्गिकरण गरेर नक्कली मुद्रा छापी बिक्रि वितरण गरेको र बिदेसी विनिमय संग कारोबार गरेको भन्ने आरोप बिटक्वाइन कारोबारी लाई लगाईएको देखिन्छ जुन कुराले नै हामीलाई प्रस्ट हुन्छ कि नेपालमा बिटक्वाइनको कुनै स्पस्ट कानुन छैन! बिटक्वाइन कारोबारलाई रोक्न को लागि जबर्जस्ति पुरानो कानुन को धारा उपधारा प्रयोग गरेर अनुचित मुद्दा लगाउने नेपाल राष्ट्र बैंकको मनसाय स्पस्ट देखिन्छ! कानुन बन्न संसदमा बिल लेखेर पेस गरे पछि संसदमा त्यो बिलमा बहस गरेर, परेको खण्डमा भोटिंग गरेर बिल पास गरिन्छ र रास्ट्रपति संग अन्तिम हस्ताक्षरको लागि पठाए पछि मात्र कानुन बन्छ! नेपालमा अहिलेसम्म संसदमा बिटक्वाइनको बारेमा तेस्तो बहस भएको पाइएको छैन! त्येसैले यसलाई सतही रुपमा बुझ्दा राष्ट्र बैंकले असंबैधानिक तबरले आफ्नो शक्ति प्रयोग गरेर बिटक्वाइन कारोबार लाई रोक्न खोजेको देखिन्छ! बिटक्वाइनलाई नेपाल राष्ट्र बैंकले बर्गिकरण गरे अनुसार नक्कली/जाली/खोटो मुद्रा मान्ने हो भने नेपाल राष्ट्र बैंकको बिटक्वाइन प्रतिबन्ध स्वभाभिक देखिएला अन्यथा बिटक्वाइन प्रबिधि हो भनेर बुझ्नेहरुको लागि भने भने नेपाल राष्ट्र बैंकको बिटक्वाइन गैरकानुनी भन्ने सूचना अनुचित, असंबैधानिक र समयानुकुल आफुलाई परिमार्जन गर्न नसकेको र नेपालको संबिधानले सुनिस्चित गरेको जनताको आफ्नो अधिकार माथिको ठाडो हस्तछेप ठहरिन जान्छ! यी सबै घटनाक्रमलाई हेर्दा बिटक्वाइनलाई गैरकानुनी हो भनेर घोसणा गर्नु भन्दा बिटक्वाइन को तथ्य के हो यसलाई के मा बर्गिकरण गर्नु बेस हुन्छ र कसरि यसलाई करको दायरामा लिएर आउने भन्ने तर्फ़ नेपाल सरकार र नेपाल राष्ट्र बैंकले अध्ययन अनुसन्धान अघि बढाउनु पर्ने देखिन्छ|



यो मेरो आफ्नो व्यक्तिगत विस्लेषण हो!

नेपाल राष्ट्र बैंक ऐन २०५८ (सन् २००१) को दफा ९५

   

नेपाल राष्ट्र बैंक ऐन २०५८ (सन् २००१)
https://nrb.org.np/lgd/acts_ordinances/N....02.19.pdf


Website: [/url]https://www.nepalbitcoin.club
Facebook: https://www.facebook.com/nepalbitcoinclub/
Twitter: https://twitter.com/nplbitcoinclub
Telegram: [url=https://t.me/nplbitcoindotclub]https://t.me/nplbitcoindotclub (Developers forum)
Reply


Forum Jump:


Users browsing this thread: 1 Guest(s)