Thread Rating:
  • 0 Vote(s) - 0 Average
  • 1
  • 2
  • 3
  • 4
  • 5
चक्कर क्रिप्टोकरेन्सी र बिटक्वाइनको
#1
चक्कर क्रिप्टोकरेन्सी र बिटक्वाइनको
नितेश उपाध्यायविभु लुइटेल
मंसिर २५, २०७४
 


सन् २०१० को मेमा अमेरिकी प्रोग्रामर लाज्लो हान्याचले १० हजार बिटक्वाइन खर्च गरेर दुईवटा पिज्जा किने । अहिलेको सन्दर्भमा हेर्ने हो भने उक्त १० हजार बिटक्वाइनको विनिमय दर करिब ११ करोड १० लाख अमेरिकन डलर पर्न आउँछ जुन ११ अर्ब १० करोड नेपाली रुपैयाँ बराबर हो । विश्व मानचित्रमा हेर्दा चीन, बोलिभिया, इक्वेडर, किर्गिजस्तान, बङ्गलादेश र नेपालले पूर्ण रूपमा तथा ताइवान, भियतनाम र रूसले आंशिक रूपमा कुनै पनि किसिमको आर्थिक कारोबारका लागि क्रिप्टोकरेन्सीको प्रयोगमाथि रोक लगाएका छन् । 

आखिर के हुन् त क्रिप्टोकरेन्सी र बिटक्वाइन ?
क्रिप्टोकरेन्सी डिजिटल सम्पत्ति विनिमयको एउटा माध्यम हो । यसलाई नियन्त्रण गर्ने कुनै केन्द्रीय निकाय नै नहुने भएकाले पनि यसको आकर्षण बढ्दो छ । कूटलिपि (क्रिप्टोग्राफी) को सहयोगले सबै विनिमय प्रणाली सञ्चालन हुने हुँदा यसको सुरक्षामा प्रश्न गर्ने ठाउँ भेटिँदैन । बिटक्वाइन क्रिप्टोकरेन्सीकै एउटा प्रकार हो । यसको पहिलो आधिकारिक प्रयोग सन् २००९ को जनवरीमा भएको थियो । सातोसी नकामोतो नामक वास्तविक परिचय खुल्न नसकेका एक व्यक्ति वा समूहद्वारा यसको निर्माण भएको हो । मुख्यत: भुक्तानी प्रणाली एवं अन्तर्देशीय कारोबार सहज र सरल बनाउने हुनाले यसको अत्यधिक प्रयोग हुने गरेको पाइएको छ । सरकारको निगरानी नहुने हुँदा यसको प्रयोग जुवा, हातहतियार तथा लागूऔषध किनबेच एवं हुन्डीमा समेत हुने गरेको छ ।

कसरी उत्पादन हुन्छ बिटक्वाइन ?
विकेन्द्रित प्रणालीमा कारोबार हुने हुँदा कारोबार गर्दा त्यसको हिसाब किताब विश्वको कुनै कुनामा रहेको कम्प्युटरमार्फत भैरहेको हुन्छ । यसलाई माइनिङ भनिन्छ । माइनिङ गरिदिएबापत् बिटक्वाइन प्रणालीले उक्त कम्प्युटर प्रयोगकर्ता (माइनर) लाई निश्चित पुरस्कार दिन्छ । यसलाई लिएर केही चर्चित नेपाली मिडियाले नेपालमै बन्छ बिटक्वाइनजस्ता भ्रामक समाचार प्रकाशन गर्दै आएका छन्, तर बिटक्वाइन उत्पादन हुने कुरा होइन । उत्पादन र माइनिङ नितान्त फरक कुरा हुन् ।

के हुन् त बिटक्वाइनका फाइदा–बेफाइदा ?
बिटक्वाइनका प्रयोगकर्ता बढिरहनु पछाडिका कारण यसको सुरक्षा, विकेन्द्रीकरण र सहज कारोबार सुविधा नै हो । सरकारको प्रत्यक्ष निगरानी नहुँदा करबाट बचिने हुँदा पनि ठूलो रकमको कारोबारमा बिटक्वाइन प्रयोग हुने गरेको हो । प्रयोगकर्ताका तर्फबाट हेर्दा फाइदाजनक देखिए पनि देशको अर्थतन्त्र एवं सुरक्षाका दृष्टिले भने बिटक्वाइनलाई धमिरा नै मानिन्छ । आर्थिक कारोबारमा नियन्त्रण नहुँदा यसले राष्ट्रिय अर्थतन्त्रमा भुक्तानीको सन्तुलनमा समेत असर गर्छ र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न कठिन हुन्छ । बिटक्वाइनको विनिमय दर अत्यधिक घटबढ हुने हुँदा यसमा गरिएको लगानीबाट फाइदै हुन्छ भन्ने निश्चित हुँदैन ।

नेपालमा बिटक्वाइन किन गैरकानुनी ?
२०७४ साल साउन २९ गते नेपाल राष्ट्र बैङ्कले एक सूचना जारी गर्दै बिटक्वाइनलाई नेपालमा अवैधानिक घोषणा गर्‍यो । उक्त घोषणापश्चात् नेपाली लगानीकर्ता तथा बिटक्वाइनप्रति आकर्षित भएको नेपाली जमातले उक्त घोषणालाई लिएर विभिन्न आँकलन गरे । केहीले यसलाई सरकारी कर्मचारीमा प्राविधिक क्षमताको अभाव रहेको समेत भने । बिटक्वाइनलाई अवैधानिक घोषणा गर्नु तथा अन्तर्राष्ट्रिय भुक्तानी माध्यम (इन्टरनेसनल पेमेन्ट गेटवे) मा कडाइ गरिनुका पछाडि एउटै कारण छ, त्यो हो— भुक्तानी सन्तुलनमाथिको नियन्त्रण । कुनै केन्द्रीय निकायको नियन्त्रणमा नहुने हुँदा बिटक्वाइनबाट अन्तर्राष्ट्रिय कारोबार गर्न सरकारको अनुमति चाहिँदैन । त्यसले गर्दा आयात–निर्यात दुवैमा सरकारको नियन्त्रण हुँदैन । यसको प्रत्यक्ष प्रभाव राष्ट्रिय अर्थतन्त्रमा पर्छ ।

बिटक्वाइन, ग्राभिटीकोइनलगायतका क्रिप्टोकरेन्सीलाई अवैधानिक घोषणा गरिएपश्चात् पनि यसको कारोबार नरोकिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले देशका विभिन्न भागबाट क्रिप्टोकरेन्सी कारोबार तथा माइनिङमा संलग्न सात जनालाई उपकरणसहित पक्राउ गर्‍यो । त्यसपछि नेपालबाट सबैभन्दा धेरै बिटक्वाइन कारोबार गर्ने बिटसेवा नामक कम्पनी समेत बन्द भयो, तर क्रिप्टोकरेन्सीको कारोबार यतिमै रोकिएको भने छैन । यसमा लगानी गर्ने नेपालीहरू विदेशमा मात्र नभै देशभित्रै पनि सक्रिय छन् । यसको कारोबारलाई गैरकानुनी ठहराइए पनि यसमा नियन्त्रण गर्न भने सरकारलाई हम्मेहम्मे पर्ने देखिन्छ ।

केही दिनअघि इन्टरनेट प्रयोगकर्ता एक नेपालीले नेपालको एक अनलाइन न्युज पोर्टलको वेबसाइटमार्फत मोनेरो नामक एक क्रिप्टोकरेन्सी माइनिङ गरिरहेको प्रमाण फेला पारेका थिए । प्रयोगकर्ताले उक्त न्युज पोर्टलको वेबसाइट खोल्दा स्क्रिप्ट सञ्चालन भै प्रयोगकर्ताको जानकारीबिना उनको कम्प्युटरको सिपियु र्‍यामको उच्च प्रयोग गरी माइनिङ गरेर स्रोतसाधनको शोषण गरिरहेको पाइयो । गुगल क्यास सर्भरमार्फत हेर्दा उक्त कार्य वर्ष दिनभन्दा अघिदेखि भैरहेको प्रमाण पाइएको छ, तर उक्त न्युज पोर्टलले औपचारिक विज्ञप्ति जारी गर्दै यसमा आफ्नो कुरा संलग्नता नभएको बताएको छ ।

कसैले उक्त न्युज पोर्टलको सुरक्षा प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी उक्त कार्य गरेको हुन सक्ने उसको ठम्याइ छ, तर यो कार्य कसले गर्‍यो, उक्त व्यक्ति संस्थाभित्रकै थिए कि बाहिरका भन्ने प्रश्नको उत्तर भने फेला पार्न सकिएको छैन । क्रिप्टोकरेन्सी अवैधानिक घोषणा भएपछि सात जनाको गिरफ्तारी तथा देशकै ठूलामध्येको एक अनलाइन न्युज पोर्टलसमेत मुछिनुले यो प्रसंग सर्वसाधारणमाझ अन्योलको स्थिति सिर्जना गरेको छ ।

आखिर बिटक्वाइन नराम्रै हो त ?
बिटक्वाइन गैरकानुनी घोषणा गर्नैपर्ने स्तरको नराम्रो पनि होइन । आर्थिक कारोबारमा सहजता ल्याउने हुँदा यसका विभिन्न फाइदा छन् । यसमार्फत विपद्मा परेका व्यक्तिहरूका लागि चन्दा सङ्कलन गर्नेदेखि लिएर अन्य परोपकारी काममा समेत सरलता ल्याउन सकिन्छ । सरकारी प्रणालीलाई मजबुत बनाई सुरक्षाका अन्य पाटाहरूलाई सुधार गरेर प्राविधिक विज्ञहरूलाई संलग्न गराई क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता प्रदान गरे एकाइसौं शताब्दीमा विश्व अर्थतन्त्रमा भैरहेको आर्थिक क्रान्तिलाई नेपालीहरूले पनि पच्छ्याउन सक्ने सम्भावना पनि उत्तिकै छ ।

नेपालजस्तो सानो र विकासशील अर्थतन्त्रमा क्रिप्टोकरेन्सीमाथि रोक लगाउँदा खासै असर त पर्दैन, तर चीनजस्तो विशाल अर्थतन्त्रले यसमाथि रोक लगाएको हुनाले यसको अवमूल्यन भएको जस्तो लाग्न सक्छ, तर बिटक्वाइनको मूल्य कसैले पच्छ्याउनै नसक्ने गरी अकासिँदो छ । रमाइलो कुरा त के भने यो रिपोर्ट तयार पार्ने क्रममा १ बिटक्वाइनको मूल्य ११ हजार अमेरिकी डलरभन्दा अलि कम थियो भने रिपोर्ट पूरा गरिसक्दा साढे ११ हजार अमेरिकी डलर पुगिसकेको थियो । एउटा सामान्य अनुमानअनुसार यो रिपोर्ट प्रकाशित हुँदासम्म यसको मूल्य कम्तीमा पनि १३ हजार अमेरिकी डलर पुग्न सक्छ ।

Source: http://saptahik.ekantipur.com/news/2017-...34717.html
Reply
#2
के हुन् त बिटक्वाइनका फाइदा–बेफाइदा ?
बिटक्वाइनका प्रयोगकर्ता बढिरहनु पछाडिका कारण यसको सुरक्षा, विकेन्द्रीकरण र सहज कारोबार सुविधा नै हो । सरकारको प्रत्यक्ष निगरानी नहुँदा करबाट बचिने हुँदा पनि ठूलो रकमको कारोबारमा बिटक्वाइन प्रयोग हुने गरेको हो । प्रयोगकर्ताका तर्फबाट हेर्दा फाइदाजनक देखिए पनि देशको अर्थतन्त्र एवं सुरक्षाका दृष्टिले भने बिटक्वाइनलाई धमिरा नै मानिन्छ । आर्थिक कारोबारमा नियन्त्रण नहुँदा यसले राष्ट्रिय अर्थतन्त्रमा भुक्तानीको सन्तुलनमा समेत असर गर्छ र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न कठिन हुन्छ । बिटक्वाइनको विनिमय दर अत्यधिक घटबढ हुने हुँदा यसमा गरिएको लगानीबाट फाइदै हुन्छ भन्ने निश्चित हुँदैन ।

अधुरो इन्फोर्मेशन भयो कि? 
सरकारको प्रत्यक्ष निगरानी नहुँदा करबाट बचिने हुँदा पनि ठूलो रकमको कारोबारमा बिटक्वाइन प्रयोग हुने गरेको हो (नेपाल मा त्येस्तो हुन्छ होला तर जहाँ बैधिक कारोबार हुन्छ त्यहाँ यस्तो समस्या छैन.) 

हामीसंग भएको कागज को खोस्टो कहाँ बाट कसरी को संग पुग्यो कसैलाई थाहा हुदैन तर ब्लाकचैन यस्तो टेक्नोलोजी हो जसको गहिराही बिटकोइन र क्रिप्टोकरेंसी भन्दा धेरै माथि छ जुन सबैले बुझ्नु जरुरि छ. 

आर्थिक कारोबारमा नियन्त्रण नहुँदा यसले राष्ट्रिय अर्थतन्त्रमा भुक्तानीको सन्तुलनमा समेत असर गर्छ र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न कठिन हुन्छ, यो पनि गलत जब कसले क र कति कारोबार कहाँ बाट कसरि गर्दैछ भन्ने सबै जानकारी ब्लाकचैन मा हुने भएपछी नियन्त्रण कसरि नहुने? हो जहाँ यसलाई बैधानिकता प्रदान गरिदैन तेहा कसले र कसरि प्रयोग गरेको छ भन्ने गहिराही मा पुग्न सकिदैन त्यो सम्बन्धित देश को कमजोरी हो. दोस्रो आपराधिक क्रियाकलाप नियन्त्रण गर्न कठिन हुन्छ साएद लेखक ले E U को इन्भेस्टिगेसन को बारेमा जानकारी नलिए जस्तो छ, टेरोरिस्ट र अन्य क्रिमिनल हरुले बिटकोइन को प्रयोग नगन्य रुप मा गरेको तथ्य सार्बजनिक भएको छ.
Reply


Forum Jump:


Users browsing this thread: 1 Guest(s)