‘क्रिप्टोकरेन्सी कमोडिटिज नै हो’ - Printable Version

+- (https://www.nepalbitcoin.club)
+-- Forum: Bitcoin (https://www.nepalbitcoin.club/forumdisplay.php?fid=1)
+--- Forum: Bitcoin news in Nepali Media (https://www.nepalbitcoin.club/forumdisplay.php?fid=20)
+--- Thread: ‘क्रिप्टोकरेन्सी कमोडिटिज नै हो’ (/showthread.php?tid=149)



‘क्रिप्टोकरेन्सी कमोडिटिज नै हो’ - NepalBitcoin - 08-11-2018

‘क्रिप्टोकरेन्सी कमोडिटिज नै हो’
By Manohari Paudel
२३ फाल्गुन २०७४, बुधबार १५:०३
[Image: Bitcoin_Commodities.jpg]फागुन २३, वाशिङ्टन डीसी (अमेरिका) । बिटक्वाइन, इथेरियमलगायत क्रिप्टोकरेन्सीहरु मुद्रा हुन् । भविष्यमा यिनले परम्परागत मुद्रालाई नै विस्थापित गर्छन् भनेर क्रिप्टोबजारका अग्रज र केही लगानीकर्ताहरुले यी मुद्राको पक्षमा वकालत पनि गरे । तर, अमेरिकाका एक न्यायाधिशले भने क्रिप्टोकरेन्सी मुद्रा नभई कमोडिटिज भएको फैसला सुनाएका छन् ।
क्रिप्टोकरेन्सीहरु कमोडिटिज भएको र यसको नियमन कमोडिटिज फ्यूचर्स ट्रेडिङ कमिशन (सीएफटीसी)ले गर्नुपर्ने निर्णय बु्रकलिनको जिल्ला अदालतका न्यायाधिश ज्याक वेन्ष्टिनले सुनाएका हुन् । यो निर्णयसँगै न्यूयोर्क निवासी प्याट्रिक म्याकडोनेल र उनको कम्पनी क्वाइन ड्रप मार्केट्स विरुद्धको धोकाकडीसम्बन्धि मुद्धा अगाडि बढेको छ । वेन्ष्टिनले म्याकडोनेल र क्वाइन ड्रप मार्केट्सलाई कमोडिटिजको कारोबार गर्नबाट पनि रोक लगाएका छन् ।
सीएफटीसीले सन् २०१५ मै भर्चुअल करेन्सीहरु कमोडिटिज भएको धारणा राखेको थियो । अमेरिकामा भर्चुअल करेन्सीको नियम प्रारम्भिक चरणमै छ । त्यहाँको कङ्ग्रेसले अहिलेसम्म क्रिप्टोकरेन्सीको प्रत्यक्ष नियमन गर्ने खालको कुनै कानून पारित गरेको छैन । यद्यपि, सीएफटीसी र सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशनले भने क्रिप्टोकरेन्सी बजारमा धोकाधडी रोक्न नियम कानून ल्याउनै पर्ने चेतावनी दिँदै आएको छ । एजेन्सी

Source: http://www.nepalayanews.com/archives/18824