Welcome, Guest
You have to register before you can post on our site.

Username
  

Password
  





Search Forums

(Advanced Search)

Forum Statistics
» Members: 55
» Latest member: Ralpuhabume
» Forum threads: 81
» Forum posts: 117

Full Statistics

Online Users
There are currently 2 online users.
» 0 Member(s) | 2 Guest(s)

Latest Threads
GUESS BITCOIN PRICE IN 1S...
Forum: Off-topic
Last Post: admin
08-29-2018, 08:09 AM
» Replies: 13
» Views: 559
BITCOIN प्रयोग गरेर नेपाल...
Forum: Bitcoin Discussion
Last Post: admin
08-28-2018, 01:44 PM
» Replies: 0
» Views: 188
Remittance payments to be...
Forum: Off-topic
Last Post: admin
08-21-2018, 12:35 PM
» Replies: 0
» Views: 105
नयाँ मुलुकी अपराध (संहिता...
Forum: Bitcoin Discussion
Last Post: admin
08-19-2018, 08:26 AM
» Replies: 2
» Views: 130
नेपाली मुद्रा दुई वर्षभित...
Forum: Bitcoin news in Nepali Media
Last Post: admin
08-13-2018, 07:25 PM
» Replies: 0
» Views: 85
BITCOIN को मूल्य (VALUE) ...
Forum: Bitcoin Discussion
Last Post: admin
08-12-2018, 05:45 PM
» Replies: 0
» Views: 78
‘क्रिप्टोकरेन्सी कमोडिटिज...
Forum: Bitcoin news in Nepali Media
Last Post: NepalBitcoin
08-11-2018, 04:07 PM
» Replies: 0
» Views: 33
बिटक्वाइन कारोबार गर्ने ७...
Forum: Bitcoin news in Nepali Media
Last Post: NepalBitcoin
08-11-2018, 04:04 PM
» Replies: 0
» Views: 27
पूँजीवादी व्यवस्थाबाट विक...
Forum: Bitcoin news in Nepali Media
Last Post: NepalBitcoin
08-11-2018, 03:51 PM
» Replies: 0
» Views: 25
चक्कर क्रिप्टोकरेन्सी र ब...
Forum: Bitcoin news in Nepali Media
Last Post: bitguyaustin
08-11-2018, 02:54 PM
» Replies: 1
» Views: 36

 
  BITCOIN प्रयोग गरेर नेपाल भित्र भैरहेका ठगिहरु
Posted by: admin - 08-28-2018, 01:44 PM - Forum: Bitcoin Discussion - No Replies

नेपाल बाट BITCOIN प्रयोग गरेर धेरै प्रकारका ठगिहरु हुने गरेको पाइएको छ| BITCOIN बाट भुक्तानी लिन सजिलो हुने र BITCOIN पठाउन  कुनै बैंक तथा अन्य बित्तिय संस्था को जरुरत नपर्ने भएकोले नेपालीहरुलाई विभिन्न प्रलोभन देखाएर नेपालबाट BITCOIN  पठाउन लगाउने किसिमका ठगि (SCAMS) हरु नेपालमा दिन प्रतिदिन बढ्दो छन्| यस्ता ठगि (SCAMS) प्राय जसो सामाजिक संजाल जस्तै FACEBOOK/TWITTER र इन्टरनेटको माध्यमबाट भैरहेको हुन्छन| नेपालीहरुको प्रबिधिमा रहेको कम ज्ञान र सामाजिक संजालको फाइदा उठाउदै नेपाल बाहिरबाट ठग (SCAMMERS) हरुले दिनहु जस्तो नेपालीहरुलाई लक्षित गरेर विभिन्न किसिमका प्रलोभनहरु जस्तै केहि दिनमै धेरै पैसा सजिलै कमाउन सकिने, विदेश लगिदिने, भिसा मिलाइदिने, अमेरिकी सेनामा भर्ति गरिदिने, बिदेसी महिला संग DATING/MARRIAGE गर्ने, महंगा सामानहरु किनेर नेपालमा रहेका व्यक्तिहरुलाई पठाइदिने जस्ता प्रस्ताबहरु सामाजिक संजालमा भेटिने गरेका छन् तर त्यसको बास्तबिकता भने हामीले सोचे भन्दा बेग्लै छ| यस्ता प्रकारका प्रस्ताबहरु केवल ठगि गर्नको लागि मात्रै प्रयोग गरिन्छ| यस्ता प्रस्ताबहरु FACEBOOK को INBOX मा त कुनै FACEBOOK PAGE हरु द्वारा सामाजिक संजालमा प्रकाशित गरिएको हुन्छ| यस्ता ठगि हरुमा सुरुमा केहि समय अपरचित नेपालीहरु लाई राम्रो कुराहरु गरेर प्रभाबमा परेपछि प्रोसेस को लागि अग्रिम शुल्क मागिने गरिन्छ, त्यो प्राय सानो रकम बाट सुरु हुन्छ र पछि अर्को अर्को पटकमा बिस्तारै रकम बढाउदै लगेर BLACKMAILING गरिएको पाइन्छ| येदि सुरुमै सचेत नहुने हो भने यस्ता किसिमका ठगिबाट कोइ मानिसहरु टाट पल्टेको सम्म हामीले सुन्ने गरेका छौ| BITCOIN द्वारा भुक्तानी लिन सजिलो हुने र आफ्नो केहि व्यक्तिगत विवरण खुलाउनु नपर्ने साथै BITCOIN भुक्तानी १ MINUTE मै ठगको हातमा पैसा पुग्ने हुनाले यस्ता ठगहरु नेपालीहरुलाई BITCOIN मार्फत ठगि गर्न अग्रसर देखिन्छन| त्यसैले नेपाल भित्र कसैले पनि BITCOIN को कारोबार गर्दा यो कुरा पनि ध्यान मा राख्नु पर्छ कि कतै हामीले कारोबार गरेको BITCOIN ले यस्ता किसिमका ठगिहरुलाई फैलिन मद्दत गरिरहेको त छैनौ र अर्को कोइ नेपालीलाई ठगीको सिकार बनिरहेको पनि हुन सक्छ भन्ने कुरा ख्याल राख्नु पर्ने देखिन्छ| त्यसैले कसै संग BITCOIN कारोबार गर्नु अगाडी उसको परिचय खुलाएर के प्रयोजन को लागि BITCOIN खरिद बिक्रि भैरहेको छ त्यो राम्रो संग बुझेर मात्र BITCOIN कारोबार गर्नु उचित देखिन्छ|

त्यस्तै नेपाल भित्र विभिन्न किसिमका नक्कली CRYPTOCURRENCY, E-LEARNING PLATFORMS र NETWORKING ब्यापारको को नाममा समेत नेपालमा लगानीकर्ताहरु ठगिने क्रम जारी छ| यस्ता प्रकारका OFFER हरुबाट हरेक नेपाली सचेत रहनु अनिबार्य छ| 


Website:   https://www.nepalbitcoin.club
Facebook: https://www.facebook.com/nepalbitcoinclub
Twitter:    https://twitter.com/nplbitcoinclub
Telegram: https://t.me/nplbitcoindotclub (Developers Forum)

Print this item

  Remittance payments to be delayed
Posted by: admin - 08-21-2018, 12:35 PM - Forum: Off-topic - No Replies

Kathmandu, August 20
Remittance recipients in the country will not get payment in real time like in the past as Nepal Rastra Bank (NRB) — the central regulatory and monetary authority — has instructed banks and financial institutions (BFIs) and remittance companies to release the payment to the recipients only after the money is actually transferred to Nepal.


Following the dispute between Malaysia-based Max Money and Himalayan Bank regarding the transfer of remittance from Malaysia, the central bank has issued a new circular which came into effect from August 17, according to Executive Director of NRB’s Foreign Exchange Management Division, Bhisma Raj Dhungana.
Earlier, BFIs and remit companies in Nepal used to release payments from their network and agents of the country in real time once their partner remit company or banks abroad placed release order based on the remittance money they received there.
“The new central bank rule could give birth to unintended consequences, like thriving of informal channels like hundi,” said economists.
They opined that the central bank should have focused on the regulatory investigation of the fraud by corresponding with the central bank of Malaysia rather than introducing such a ‘regressive’ provision that would only make the remittance recipients suffer.
The dispute between Max Money and Himalayan Bank is related to Rs 180 million that the bank claims the company is yet to transfer. The company, however, alleges that the bank is making fake claims by forging payment receipts. The bank has already paid to the remittance recipients based on the release order issued by partner remit company — Max Money.
Prior to the central bank’s recent direction, almost all the remittance companies and the BFIs used to release payments through their agents across the country in real time based on the release order. The BFIs and remittance companies have said that the real-time payment system to the remittance recipients has attracted the remitters to remit through a formal channel, where they do not face any risk.
They fear that the new rule will encourage remitters who need to send money home urgently to resort to the informal channels, which will adversely hit the flow of foreign exchange in the country.



https://thehimalayantimes.com/business/r...e-delayed/

Print this item

  नयाँ मुलुकी अपराध (संहिता) ऐन र बिटक्वाइन
Posted by: admin - 08-16-2018, 09:48 PM - Forum: Bitcoin Discussion - Replies (2)

नेपाल राष्ट्र बैंकले BITCOIN लाई मुद्राको रूपमा बर्गिकरणमा गरिनसकेको भए पनि भर्खरै जारी भएको मुलुकी अपराध (संहिता) ऐन अन्तर्गत नयाँ कानुनले BITCOIN लाई समेत समेट्न सक्ने र यसलाई चलन चल्तीमा रोक लगाएको मुद्राको रुपमा मान्न सक्ने हुनाले कसैले BITCOIN लेनदेन गरेको अबस्थामा कानुन अनुसारको सजायको भागीदार बन्न सक्ने हुदा सबै ले साबधानी अपनाउनु उचित हुन जान्छ| 

   

भर्खरै जारी भएको नयाँ कानुन

Print this item

  GUESS BITCOIN PRICE IN 1ST JANUARY 2019 AND WIN 0.01 BTC
Posted by: admin - 08-14-2018, 12:06 AM - Forum: Off-topic - Replies (13)

What the BITCOIN price is going to be on the 1st of January 2019? Comment below and win .01 BITCOIN. One closest answer will win 0.01 BTC. 

Rules: 
1) [b]You must register in forum and submit your answer in the comment section.[/b]
2) You must submit your answer before 15th September 2018.
3) Once you submitted your answer and recorded it, no further edits will be allowed.
4) If there are multiple winners then .01 will be divided Smile

Good luck! 



Participants:

1) bikashkc               -        $10k-12k
2) sudiljayswal          -        $20k-22k
3) Ankit486               -        $5k-6k
4) bitguyaustin          -       $11362
5) anjit                       -       $8k-10k
6) mahoma                -       $6k-8k
7) khatisam               -       $18k-19.5K 

Print this item

  नेपाली मुद्रा दुई वर्षभित्र प्रतिस्थापन गर्न प्रस्ताव
Posted by: admin - 08-13-2018, 07:25 PM - Forum: Bitcoin news in Nepali Media - No Replies

नेपाली मुद्रा दुई वर्षभित्र प्रतिस्थापन गर्न प्रस्ताव
दैनिक नेपाल२०७४ असोज २५ गते ७:०७

काठमाडौं, २५ असोज ।

– आइतबार सभासद् धनराज गुरुङले व्यवस्थापिका–संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरे– नोट मुद्राको प्रचलनलाई विद्युतीय मुद्राले प्रतिस्थापन गर्नुपर्छ । विद्युतीय मुद्रा (इलेक्ट्रोनिक करेन्सी) भनेको भर्चुअल मुद्रा वा क्रिप्टोकरेन्सी हो, जसको कारोबार अनलाइनमार्फत हुन्छ । यस्तो मुद्रा संसारको कुनै पनि राज्यले प्रचलनमा ल्याएका छैनन् । राज्यको समानान्तर निजी क्षेत्रबाट खासगरी अवैध रूपमा सञ्चालन भइरहेको मुद्रालाई देशकै मुद्रा बनाउनुपर्छ भनेर युवा सांसद गुरुङले संसद्मा प्रस्ताव दर्ता गरे, त्यो पनि स्वाभाविक बहसका रूपमा होइन, जरुरी सार्वजनिक महत्वको प्रस्तावका रूपमा । अझ उनको प्रस्तावलाई अर्का दुई युवा सांसद बद्रीप्रसाद पाण्डे र जीवन परियारले समर्थन गरेका छन् । यसबाट थाहा हुन्छ, टाठाबाठा भनिएका हाम्रा कानुन निर्माता पनि कति हचुवाका भरमा बहकिन्छन् वा कसैले ‘सेट’ गरेको एजेन्डामा औजारका रूपमा प्रयोग हुन्छन् ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
– संसारको कुनै पनि मुलुकमा विद्युतीय मुद्रा आधिकारिक होइन । केही मुलुकमा यसको कारोबार हुने भए पनि कुनै पनि मुलुकले विद्युतीय मुद्रालाई मान्यता दिएका छैनन् । नेपालमा समेत गैरकानुनी विद्युतीय मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध कारोबार भइरहेको थियो । गोल्डक्वेस्ट र युनिटीकै शैलीमा विद्युतिय मुद्राको किनबेच गरिरहेको समूहबारे नयाँ पत्रिका दैनिकमा लगातार समाचार प्रकाशित भएपछि शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सन्जालका सातजनालाई पक्राउ गरेको थियो । त्यसको दुई दिनपछि अर्थात् आइतबार सांसद् गुरुङले जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गर्दै भनेका छन्, ‘विद्युतीय मुद्रालाई राष्ट्रिय मुद्रा बनाउनुपर्छ, त्यो पनि दुई वर्षभित्र ।’ डेढ दशकअघि गोल्डक्वेष्टको सिक्का नै संसारको मुद्रा हुन्छ भन्दै राजनीतिक कार्यकर्तासमेत हिंडेका थिए ।
– बिटक्वाइनलगायतका सबै किसिमका विद्युतीय मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारलाई नेपाल राष्ट्र बैंकले समेत प्रतिबन्धित गरेको छ । गत २९ साउनमा नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै हालसम्म नेपालमा बिटक्वाइनलाई मुद्राका रूपमा कानुनी मान्यता प्राप्त नभएको र यसको प्रयोग पूर्ण रूपमा गैरकानुनी रहेको बताएको छ । सांसद गुरुङले त्यही गैरकानुनी मुद्रालाई प्रचलनमा ल्याउनुपर्ने प्रस्ताव संसद्मा दर्ता गराएका छन् ।
-व्यक्तिगत रुपमा सिर्जना हुने र शेयर कारोबारजस्तै घटबढ भएर किनबेच हुने विद्युतीय मुद्रालाई सांसद गुरुङले भ्रष्टाचार निवारणको अचुक उपाय भनेका छन् । ‘मुलुकको समृद्धिका लागि भ्रष्टाचारको जालोलाई जरैदेखि उखेलेर फाल्न आवश्यक छ । यसका लागि नोट मुद्रालाई विस्थापन गरी विद्युतीय मुद्राको प्रचलन गराउनुपर्छ,’ गुरुङको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख छ । तर, व्यवस्थापिका–संसद्ले पारित गरेको चालू आर्थिक वर्षको बजेट (जसलाई कानुनकै रूपमा लिइन्छ)ले बिटक्वाइनलगायत विद्युतीय मुद्रा सम्पत्ति शुद्धीकरण र विदेशी मुद्राको अपचलनमा प्रयोग भएको उल्लेख छ । चालू आर्थिक वर्षको बजेटमा ‘सम्पत्ति शुद्धीकरणका क्रममा हुन्डी, इलेक्ट्रोनिक करेन्सी तथा बिटक्वाइनको माध्यमबाट हुने गरेको विदेशी मुद्राको अपचलन नियन्त्रण गर्न प्रभावकारी कानुन तर्जुमा गरी कार्यान्वयन गरिनेछ’ भन्ने उल्लेख छ ।
– संसारका सबैजसो देशले नगदबिहिन कारोबारलाई बढावा दिन थालेका छन् । त्यो भनेको लेनदेनमात्र विद्युतीय हो, मुद्रा आफै विद्युतीय होइन । विद्युतीय मुद्रा कुनै पनि राज्यले उत्पादन गरेका छैनन् । विद्युतीय मुद्रालाई नेपालले उत्पादन नै ग¥यो भने भारत, चीन र अमेरिकास“ग कसरी लेनदेन गर्ने भन्ने छेऊटुप्पो स्वयम गुरुङलाई पनि छैन । नयाँ पत्रिकाले यस विषयमा जिज्ञासा राख्दा उनले अब राष्ट्र बैंकले नोट निष्कासन बन्द गरी विद्युतीय मुद्रा निष्कासन गर्नुपर्ने प्रस्ट बताए । ‘बिटक्वाइनजस्तै विद्युतीय मुद्राको कुरा गर्नुभएको हो ?’ भनेर सोध्दा त्यसमा प्रतिक्रिया दिएनन् । तर, नगद कारोबारलाई प्रतिस्थापन गर्न विद्युतीय मुद्राकै प्रचलन गराउनुपर्छ भनेर आफूले भनेको बताए । ‘
– ‘विद्युतीय मुद्रा कारोबार गर्ने सातजना पक्राउ परेको र राष्ट्र बैंकले समेत यसलाई गैरकानुनी घोषित गरेको छ नि’ भनेर नयाँपत्रिकार्मीले स्मरण गराएपछि गुरुङले भने ‘मैले नगदविहीन कारोबारको कुरा गर्न खोजेको हुँ, विद्युतीय मुद्राको अवस्था त्यस्तो हो भने मलाई जानकारी भएन ।’
– गुरुङजस्ता चतुर सांसदलाई समेत ज्ञान नभएको विषय कसले किन संसदमा जरुरी प्रस्तावको रुपमा प्रवेश गराउन खोज्यो भन्ने पनि चासोकै विषय छ । संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएपछि त्यस विषयमा निश्चय नै छलफल हुन्छ । क्रिप्टोकरेन्सीका अन्तर्राष्ट्रिय कारोबारीहरू डिजिटल मुद्राका विषयमा संसद्लगायत विभिन्न सरकारी निकायमा छलफल चलोस् भन्ने चाहन्छन् । यसलाई उनीहरुले आफ्नो कारोबार प्रवद्र्धनका रुपमा उपयोग गर्छन् ।
-नेपालको बजेट भाषणबाटैे बिटक्वाइनमा प्रतिबन्ध लगाउने व्यवस्थालाई बिटक्वाइनले वेबसाइटमार्फत ‘नेपाल सरकारले बिटक्वाइन नियमन गर्दै छ’ भनेर प्रचार गरेको थियो । भारतमा समेत सरकार र त्यहाँको केन्द्रीय बैंकले बिटक्वाइन प्रतिबन्ध लगाउने सूचना सार्वजनिक गर्दा त्यहाँ पनि नियमन हुने भन्ने समाचार क्रिप्टोकरेन्सीसम्बन्धी वेबसाइटहरूले सार्वजनिक गरिरहेका छन् । क्रिप्टोकरेन्सी निर्माताले आफ्नो प्रचार गर्न र मूल्य बढाउन यस्तो प्रचारलाई प्रयोग गर्ने गरेका छन् । त्यस्तै योजनको हतियार बनेका छन् सांसद गुरुङ र तिनका दुई सहकर्मी सांसद पाण्डे र परियार ।
– ‘व्यवस्थापिका–संसद्को बैठकबाट नेपाल सरकारलाई दुई वर्षको समयावधिभित्र नेपालमा नोट मुद्रालाई विद्युतीय मुद्राले पूर्ण रूपमा प्रतिस्थापन गर्न आवश्यक निर्देशन दिन जरुरी सार्वजनिक महŒवको प्रस्ताव पेस गरेको’ गुरुङको प्रस्तावमा उल्लेख छ । तर, संसारका सबैभन्दा विकसित देशहरूमा पनि भौतिक मुद्रा (नोट र सिक्का) पूरै प्रतिस्थापन हुन सकेको छैन । त्यसैले नगद कारोबारलाई नगदविहीन कारोबारबाट विस्थापन गर्न पनि अहिलेलाई असम्भव हो । सांसद् गुरुङको भाषाले त नगदविहीन कारोबारतर्फ होइन कि विद्युतीय मुद्राकै माग गरेको छ । नगदबिहिन कारोबारकै प्रस्ताव हो भने पनि जरुरी प्रस्ताव भनेर आउनुपर्ने कुनै कारण छैन । उनको प्रस्ताव जरुरी किन भएको हो भने त्यस्तो मुद्राको कारोबार गर्ने सातजनालाई शुक्रबार मात्र प्रहरीले गिरफ्तार गरेको छ । क्रिप्टोकरेन्सीका कारोबारीले सांसद गुरुङलाई प्रभावमा पारेर आफ्नो एजेण्डामा उपयोग गरेका छन् भन्ने स्पष्ट भएको छ ।
कसैको निहित स्वार्थमा हाम्रा सांसद कसरी उपयोग हुन्छन्, धनराज गुरुङ आफैँ बने एउटा उदाहरण
संसारको कुनै पनि मुलुकमा आधिकारिकता नपाएको, कुनै पनि निकाय जवाफदेही नरहेको, निजी क्षेत्रबाट उत्पादन हुने र सञ्जालमा कारोबार हुने भर्चुअल पैसा हो विद्युतीय मुद्रा । त्यस्तो मुद्रा नेपालमा फैलाउने गिरोह शुक्रबार पक्राउ परेलगत्तै संसद्मा धनराज गुरुङले जरुरी प्रस्ताव दर्ता गराए, ‘नेपालमा विद्युतीय मुद्रा जारी गर्नुपर्छ ।’
सांसद गुरुङलाई थाहा नभएको, तर उनले प्रस्ताव गरेको विद्युतीय मुद्रा के हो ?
– कम्प्युटरको माध्यमबाट निजी रूपमै बनाइने र अनलाइनमा कारोबार हुने विद्युतीय मुद्राले संसारभरका सरकारलाई चिन्तित बनाएको छ । यस्ता मुद्रालाई डिजिटल÷इलेक्ट्रोनिक करेन्सी (विद्युतीय मुद्रा), भर्चुअल करेन्सी (अभौतिक मुद्रा), अनलाइन करेन्सी आदि भनिन्छ । भौतिक मुद्रा संसारभरका केन्द्रीय बैंकले जारी गर्छन् । तर, यस्ता विद्युतीय मुद्रा भने कम्प्युटर प्रोग्रामिङका माध्यमबाट व्यक्ति–व्यक्तिले जारी गर्छन् । यस्तो मुद्राको न कसैले नियमन गरेका हुन्छ, न त भौतिक मुद्रा जारी गर्दा राख्नेजस्तो सुरक्षण नै राखिएको हुन्छ ।
– क्रिप्टोकरेन्सी वास्तवमा एउटा कम्प्युटर फाइल हो, जुन कम्प्युटर वा मोबाइलको एप्लिकेसनमा रहने ‘डिजिटल वालेट’मा भण्डारण गरिन्छ । विद्युतीय मुद्रा नेपाल राष्ट्र बैंकजस्तो केन्द्रीय बैंकको ग्यारेन्टीका आधारमा होइन, निजी अनलाइन निजी कोडका आधारमा चल्छन् । एउटा जटिल कम्प्युटर प्रोग्रामका माध्यमबाट क्रिप्टोकरेन्सी बनाउन पनि सकिन्छ, जसलाई माइनिङ भनिन्छ । त्यसका लागि कम्प्युटर प्रोसेसलाई सबै मानिसको पहुँच स्थापित हुन सक्ने बनाउनुपर्छ । क्रिप्टोकरेन्सी माइनिङ गर्न अत्यन्तै कठिन सूत्रबाट काम गर्ने कम्प्युटर सिस्टम आवश्यक पर्छ । क्रिप्टोकरेन्सी माइनिङ गर्ने कम्प्युटर अत्यन्तै शक्तिशाली हुन्छ । ती सूत्रहरूबाट प्रोसेस गर्दा सीमित मानिसहरूले सीमित संख्याको क्रिप्टोकरेन्सी प्राप्त गर्न सक्छन् । क्रिप्टोकरेन्सीको माइनिङ शक्तिशाली कम्प्युटर, नियमित विद्युत् आपूर्ति र इन्टरनेट भएको जुनसुकै स्थानबाट गर्न सकिने मान्यता छ । यसरी क्रिप्टोकरेन्सी बनाउने प्रणालीलाई ब्लकचेन भनिन्छ ।


Source: http://www.dainiknepal.com/2017/10/269791.html

Print this item

  BITCOIN को मूल्य (VALUE) निर्धारण कसरि हुन्छ?
Posted by: admin - 08-12-2018, 05:45 PM - Forum: Bitcoin Discussion - No Replies

BITCOIN, BLOCKCHAIN प्रबिधिमा आधारित एक डिजिटल मुद्रा हो| कसैले यसलाई COMMODITY जस्तै (सुन, धातु) मानेर संगालेर राखेका हुन्छन त कसैले दिनहु आफुले खर्च गर्ने मुद्राको रुपमा प्रयोग गरेको पाइन्छ| नेपालमा BITCOIN प्रयोग गरेर समान खरिद गर्ने कुनै व्यवस्था नभए पनि बिदेस तिर BITCOIN लाई विभिन्न रूपमा प्रयोग गर्ने गरेको पाइन्छ| बैंकिंग भुक्तानी प्रणालीहरु जस्तै क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक खाता प्रयोग गर्दा धेरै झन्झट हुने, ढिलो र बढी खर्चिलो हुने हुनाले मानिसहरु बित्चोइन प्रयोग गरेर आफ्नो दैनिक समानहरु खरिदी बिक्रि गरिरहेको पाइन्छ| BITCOIN, ONLINE भुक्तानीमा अहिले सम्मकै सुरक्षित र छिटो मानिन्छ त्यसैले पनि मानिसहरुको BITCOIN मा आकर्षण दिनप्रतिदिन बढ्दो छ|

BITCOIN को प्रोटोकललाई MINING ले सपोर्ट गरेको हुन्छ| कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई BITCOIN पठाउदा जुन DATA सिर्जना हुन्छ उक्त DATA लाई प्रमाणित गरेर स्वामित्व (Ownership ) पुस्टि गर्ने काम MINING बाट हुन्छ| यदि कसैले नक्कली DATA पठाएको खण्डमा त्यो प्रमाणित हुदैन र उक्त DATA सम्पूर्ण BITCOIN प्रोटोकलबाट अस्विकार हुन जान्छ| त्यसैले अरु कागजी मुद्राहरु जस्तो नक्कली जाली /खोटो मुद्रा बनाई आम जनमानसलाई झुक्याउन BITCOIN मा सम्भब हुदैन| येही कारणले BITCOIN लाई फुल प्रुफ (foolproof) PROTOCOL पनि मानिन्छ|  
[Image: mined_block_header2.png]
BITCOIN MINING HASH को नमुना

BITCOIN को अर्थतन्त्र प्रयोगकर्तामा निहित छ| BITCOIN समुदायले लामो समय देखि BITCOIN मा संलग्न भइ विभिन्न क्रियाकलाप गर्दै आइरहेको पाउन सकिन्छ| BITCOIN का सुरुका दिनहरु मा मानिसहरुलाई खासै प्रबिधि बारे थाहा नभएको र धेरैले यसलाई खासै महत्व दिएको पाइदैन| त्यसैले BITCOIN का सुरु का दिनहरु मा 20$ (नेपाली 2००० रुपैया) पर्ने पिज्जा खरिद गर्न १०,००० BITCOIN खर्च गरिएको थियो| यसलाई BITCOIN प्रयोग गरेर गरिएको सबैभन्दा पहिलो खरिद पनि मानिन्छ| आजको बजार भाउमा उक्त्र BITCOIN को मूल्य करोडौ रुपैया पर्न आउछ| कुनै पनि प्रबिधि सुरुमा एकैपटक लोकप्रिय हुदैन, त्यसको लागि प्रसस्त समय र प्रयोगकर्ताहरुको बिश्वासको आबस्यकता रहेको हुन्छ| BITCOIN पनि यसको सुरुवाती दिनहरुमा त्यस्तै अवस्थाबाट गुज्रेको पाइन्छ| अहिलेको परिबेसमा BITCOIN लाई प्राबिधिक हिसाबले बुझ्ने मानिसहरु धेरै भैसकेका छन्  त्यसैले BITCOIN को लोकप्रियता दिनप्रतिदिन बढ्दै गैरहेको छ| चाहे यसलाई दिन प्रतिदिनको क्रियाकलापमा प्रयोगको लागि होस् या यसलाई सुन, चादी जस्तै गरेर संगालेर राख्नको लागि होस् मानिसहरुको BITCOIN प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गैरहेको पाइन्छ| 

BITCOIN को मूल्य विश्व बजार भाउमा अस्थिर रहेको पाइन्छ| अझै भन्नु पर्दा BITCOIN को मूल्य येतिनै भन्ने निश्चित छैन, यसको मूल्य बिक्रेता र खरिदकर्तामा निर्भर रहेको हुन्छ| BITCOIN को अहिले बजारमा देखिएको मूल्य यसको खुला अर्थतन्त्र अन्तर्गत माग र आपूर्ति को सिधा प्रतिक्रिया हो| साथै BITCOIN को जम्मा आपूर्ति २१ करोड मात्रै हुने र अहिले बजारमा १७ करोडको हाराहारीमा वितरण भैरहेको अवस्था छ| तेही १७ करोड BITCOIN एक अर्काको हातमा पुग्दा देखिएको प्रतिक्रिया नै बित्चोइन को सच्चा मूल्य मान्न सकिन्छ| नया थपिदै गरेको ४ करोड BITCOIN, MINING बाट उत्खनन हुन अझै कैयौ वर्ष लाग्ने हुदा अगाडिनै बजारमा वितरित BITCOIN हरु यता उता प्रयोगकर्ताको हातमा उनीहरुले लिन दिन सहमत गरे अनुसारको भाउमा पुगेको देखिन्छ BITCOIN लाई भबिस्यको प्रबिधि पनि भनेर बुझ्ने गरिन्छ त्यसैले धेरै जसोले BITCOIN लाई नबेचिकन सुरक्षित आफुसंग राखेको पाइन्छ जसले गर्दा बजारमा BITCOIN को आपूर्ति कमि हुन गइ मूल्यमा बृदि हुन पुग्दछ| भबिस्यमा BITCOIN को मूल्य कति हुन्छ त्यो अहिले नै भन्न कठिन छ तर यसका प्रयोगकर्ता ले BITCOIN माथि गरेको बिश्वास र धेरै भन्दा धेरै BITCOIN प्रयोगकर्ताहरु ले BITCOIN लाई भबिस्य मा खर्च गर्ने तरिकाले साचेर राख्ने हो भने दिनानुदिन बजारमा BITCOIN को आपूर्ति घट्न गइ यसको मूल्य आकासिने निश्चित हुन जान्छ| BITCOIN सम्पुर्ण CRYPTOCURRENCY जगतको पहिलो डिजिटल आविस्कार भएको र यसैको अविस्कार को मद्दतले अरु थुप्रै पछाडिका अविस्कारहरु जन्माई रहेको परिवेशमा BITCOIN ले नै सम्पूर्ण CRYPTOCURRENCY को नेतृत्व गरिरहेको पाउन सकिन्छ र लाखौ प्रयोगकर्ताहरुको पहिलो रोजाई पनि BITCOIN नै बन्न पुगेको छ| 



Website: https://www.nepalbitcoin.club
Facebook: https://www.facebook.com/nepalbitcoindotclub/
Twitter: https://twitter.com/nplbitcoinclub
Telegram: https://t.me/nplbitcoindotclub (Developers forum)

Print this item

  ‘क्रिप्टोकरेन्सी कमोडिटिज नै हो’
Posted by: NepalBitcoin - 08-11-2018, 04:07 PM - Forum: Bitcoin news in Nepali Media - No Replies

‘क्रिप्टोकरेन्सी कमोडिटिज नै हो’
By Manohari Paudel
२३ फाल्गुन २०७४, बुधबार १५:०३
[Image: Bitcoin_Commodities.jpg]फागुन २३, वाशिङ्टन डीसी (अमेरिका) । बिटक्वाइन, इथेरियमलगायत क्रिप्टोकरेन्सीहरु मुद्रा हुन् । भविष्यमा यिनले परम्परागत मुद्रालाई नै विस्थापित गर्छन् भनेर क्रिप्टोबजारका अग्रज र केही लगानीकर्ताहरुले यी मुद्राको पक्षमा वकालत पनि गरे । तर, अमेरिकाका एक न्यायाधिशले भने क्रिप्टोकरेन्सी मुद्रा नभई कमोडिटिज भएको फैसला सुनाएका छन् ।
क्रिप्टोकरेन्सीहरु कमोडिटिज भएको र यसको नियमन कमोडिटिज फ्यूचर्स ट्रेडिङ कमिशन (सीएफटीसी)ले गर्नुपर्ने निर्णय बु्रकलिनको जिल्ला अदालतका न्यायाधिश ज्याक वेन्ष्टिनले सुनाएका हुन् । यो निर्णयसँगै न्यूयोर्क निवासी प्याट्रिक म्याकडोनेल र उनको कम्पनी क्वाइन ड्रप मार्केट्स विरुद्धको धोकाकडीसम्बन्धि मुद्धा अगाडि बढेको छ । वेन्ष्टिनले म्याकडोनेल र क्वाइन ड्रप मार्केट्सलाई कमोडिटिजको कारोबार गर्नबाट पनि रोक लगाएका छन् ।
सीएफटीसीले सन् २०१५ मै भर्चुअल करेन्सीहरु कमोडिटिज भएको धारणा राखेको थियो । अमेरिकामा भर्चुअल करेन्सीको नियम प्रारम्भिक चरणमै छ । त्यहाँको कङ्ग्रेसले अहिलेसम्म क्रिप्टोकरेन्सीको प्रत्यक्ष नियमन गर्ने खालको कुनै कानून पारित गरेको छैन । यद्यपि, सीएफटीसी र सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशनले भने क्रिप्टोकरेन्सी बजारमा धोकाधडी रोक्न नियम कानून ल्याउनै पर्ने चेतावनी दिँदै आएको छ । एजेन्सी

Source: http://www.nepalayanews.com/archives/18824

Print this item

  बिटक्वाइन कारोबार गर्ने ७ पक्राउ, राष्ट्र बैंक ऐन अनुसार कारबाही हुने
Posted by: NepalBitcoin - 08-11-2018, 04:04 PM - Forum: Bitcoin news in Nepali Media - No Replies

काठमाडौं — विट क्वाइनका नामले इन्टरनेट मार्फत पैसाको कारोबार हुने एक प्रकारको साइबर मुद्राको किनबेचमा संलग्न व्यक्तिहरु पहिलोपटक पक्राउ परेका छन । प्रहरीको केन्द्रिय अनुसन्धान विभाग (सिआइबी) ले ७ जना यस्ता कारोबारीलाई पक्राउ गरेको हो ।
[Image: bitcoin-06102017064409-1000x0.jpg]

‘विट क्वाइन र ग्य्राभिटि क्वाइन लगायतका क्रिप्टोकरेन्सी वित्तिय उपकरण जारी गरी सोको अवैध किनबेच गरी विदेशी विनिमयसमेत कारोबार गर्ने मानिसहरुलाई मोबाइल तथा ल्यापटप लगायतका उपकरणहरु सहित काठमाडौं र चितवनबाट पक्राउ गरिएको छ,’ सिआइबीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले सिन्धुली घर भएका ज्ञान प्रसाद पौडेल, अर्घाखाची घर भएका माधव खनाल, काठमाडौका प्रशान्त प्रताप शाह, नुवाकोट घर भएकी विन्दा ढकाल, सिन्धुपाल्चोकका मिंगमार तामांग, काठमाडौंकै दमन बस्नेत र रुपन्देही घर भएका मनिष कुमार गिरी पक्राउ गरेकाे हाे ।
सिआइबीका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार विटक्वाइन कारोबारीलाई पक्राउ गरिएको यो पहिलो घटना हो । ‘हामीले अदालतबाट थप म्याद लिइसकेका छौ,’ उनले भने, ‘थप अनुसन्धानपछि कारोबार रकम पत्ता लाग्ला ।’ पक्राउ परेकाहरुलाई राष्ट्र बैंक ऐन अनुसार कारवाही हुने श्रेष्ठले बताए । ‘तीन गुणा बिगो वा ३ बर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ,’ उनले भने ।
साइबर मुद्राहरु भनेका सामान्यतया सामान वस्तु वा अन्य भौतिक हस्तान्तरण बिना इन्टरनेटमा पैसाको कारोबार गर्ने एक प्रकारको संयन्त्र हुन । विटक्वाइनलगायतका यस्ता मुद्राको अन्तराष्ट्रिय बजारमा मूल्य तोकिएको हुन्छ । पछिल्लो तथ्यांक अनुसार एउटा विटक्वाइनको मुल्य करिब ४४ सय डलर छ ।
यही मूल्यमा हुने घटबढका आधारमा विटक्वाइन किनबेच हुन्छ । सस्तोमा किनेर महंगोमा बेच्दा फाइदा हुने र यसको मूल्य निरन्तर बढिरहेकाले युवाहरु विटक्वाइनतर्फ आकर्षित भइरहेका छन् । घरमा बसीबसी मूल्य बढ्ने हुँदा सजिलो पनि छ । सन् २००९ मा एक क्वाइनको १० सेन्ट रहेकोमा अहिले ४४ सय डलर पुग्नुले यसको माग अत्यधिक भएको देखाउँछ ।
संसारका करिब एक लाख पसलहरुले विटक्वाइन जस्ता साइबर मुद्रालाई भुक्तानीको माध्यमका रुपमासमेत अपनाइसकेका छन् । तर यो थप पुष्टि गर्नुपर्ने बिषय रहेको विज्ञ बताउँछन् ।
नेपालमा विदेशमा लगानी निषेध गरिएको छ । यसबाट हुने कारोबारको भुक्तानी विदेशी मुद्रामा गर्नुपर्छ । यस्तो कारोबारका लागि पनि विदेश रकम हुन्डीमार्फत गइरहेको छ ।
यससँगै वित्तीय कारोबार सरकारको नियमनमा हुनुपर्छ । तर विटक्वाइनको अनुगमन गर्ने र गर्नसक्ने निकाय छैन । यो विटक्वाइन पत्ता लगाउने व्यक्तिको समेत अहिलेसम्म पहिचान भएको छैन् । सातोसी नाकामोतो भन्ने व्यक्तिले पत्ता लगाएको भनिएपनि उसको पहिचान खुलेको छैन । डिजिटल करेन्सी भनेर पनि कारोबार गर्नेहरु नेपालमा बढ्न थालेका छन् ।
केही बर्षयता नेपालमा यसको कारोबार भइरहेपनि हालसम्म कारबाही भएको थिएन । करिब दुइ महिनाअघि केन्द्रिय बैंकले सूचना मार्फत विटक्वाइन अवैधानिक भएको सूचना जारी गरेपछि प्रहरीले कारोबारी खोज्न थालेको थियो ।
प्रहरीका अनुसार इन्टरनेटको जानकारी भएका र विगतमा यस्तै खाले सजिलो माध्यमबाट रकम कमाउन पल्केकाहरु विटक्वाइनमा पनि संलग्न भेटिएका छन । पक्राउ पर्नेमा दुइ जना विगतमा हर्बो इन्टरनेसनल नामक नेटवर्क व्यवसायमा संलग्न थिए । यसैगरी, दुई जना विदेश बसेर आएका युवाहरु छन् ।
प्रकाशित : आश्विन २०, २०७४ १८:३३

Source: https://www.kantipurdaily.com/business/2...83338.html

Print this item

  पूँजीवादी व्यवस्थाबाट विकसित क्रिप्टोकरेन्सी मुद्रा “बिटक्वाइन” ः एक चर्चा
Posted by: NepalBitcoin - 08-11-2018, 03:51 PM - Forum: Bitcoin news in Nepali Media - No Replies

-मुरज दिदीया

मानव सभ्यताको विकाससँगसँगै मानिसहरूले आफूसँग बढी भएका वस्तुहरू आफूलाई आवश्यक परेका वस्तु तथा सरसामानहरूसँग एक अर्कामा साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्दथे । यसलाई वस्तु विनिमय प्रथा भनिन्छ । यस प्रणालीमा नीहित असुविधाहरूका कारण हाल यो प्रथा लोप भएको छ भने यसको विकल्पको रुपमा विनिमयलाई सहज बनाउन विभिन्न युगमा गाई वस्तु, दुर्लभ जनावरका छाला, दन्त र हड्डी, नुन्, सुर्ती, कपडा, विभिन्न धातुका सामानहरू जस्ता वस्तुहरूलाई मुद्राको रुपमा प्रयोगमा ल्याए । सबै ठाउँका मुद्राहरूलाई एकरुपता बनाउन सुन–चाँदीजस्ता बहुमूल्य धातुका मुद्राहरू प्रयोगमा आएको पाइन्छ । मानवीय आवश्यकता तथा सभ्यताको विकाससँगसँगै धातु मुद्राभन्दा सजिलो र सहज हुने कागजी मुद्रा हँुदै साख मुद्राहरूको आविस्कार गरी हाल साख मुद्रा नै बढी प्रचलनमा छ ।
सूचना प्रविधिको विकाससँगसँगै ओपनसोर्स सफ्टवेयरमा आधारित भर्चुअल (अभौतिक) मुद्रा अर्थात डिजिटल मुद्रा बिटक्वाइनको कारोबार बढ्दै गएको छ । यसलाई क्रिप्टोकरेन्सी पनि भनिन्छ । यसको आविष्कार कसले ग¥यो भने कुरा हालसम्म अज्ञात छ । सातोशी नाकामोटो नामबाट अज्ञात कम्प्युटर प्रोग्रामर वा यसका समूहले सन् २००९ मा बिटक्वाइन लन्च गरेका थिए । सुरुआतमा अनलाईनमा गेम खेल्ने र अनलाइनमा काम गरी पैसा कमाउने गिरोहले रमाइलोको लागि कारोबार तथा माइनिङ गरेका थिए । पछि भविष्यमा कागजी मुद्रा र धातुका सिक्कालाई विस्थापित गरी डिजिटल मुद्रा नै चल्छ भन्ने हल्लाले तीव्र रुपमा यसको आदानप्रदान हुन थाल्यो । यो हल्ला व्यक्ति व्यक्ति हँुदै झन् झन् फैलिंदै गयो र मानिसहरूले यसको सञ्चित गर्न थाले । बजारमा यसको चासो र पूर्तिको तुलनामा माग बढ्दै गएपछि मानिसहरूले पैसा तिरेर बिटक्वाइन किन्न थाले । बिस्तारै बिस्तारै यो फैलिंदै गएर विश्वव्यापीरुपमै प्रचलनमा आउन थाल्यो । मुद्राले गर्ने कार्यमध्य बिनिमयको माध्यम र मूल्य सञ्चय कार्य गर्न बिटक्वाइनलाई प्रयोग गरेको पाइन्छ । यो कुनै पनि देशको मौद्रिक निकायबाट आधिकारिक रुपमा जारी गरिएको मुद्रा होइन । यसको कारोबारमा कुनै कर पनि लाग्दैन भन्ने मान्यताले पनि विश्वमा यसको मोह फैलिंदै गयो । हाल यो विश्वका अमेरिका, युरोपियन देशहरू, अष्ट्रेलिया, इंगल्याण्ड, जापान, कोरिया, क्यानाडा, सिंगापुर, इजरायललगायतका धेरै देशहरूमा बिटक्वाइन बैधतासँगै प्रचलनमा छ भने नेपाल, भारत, बङ्गलादेश, रसिया, थाइल्याण्ड, आइसल्याण्ड, भियतनाम आदि मुलुकहरूमा अबैध छ ।
कम्प्युटर सफ्टवेयरको सहायताले बिटक्वाइन सिर्जना हुने हुनाले यसलाई देख्न र छुन सकिन्न । यसलाई डिजिटल वालेटमा स्टोर गरिन्छ । जसलाई ब्लकचेन भनिन्छ । इन्टरनेटको सहायताले एप्लिकेसन डाउनलोड गरी स्मार्ट फोन वा कम्प्युटरमा इन्स्टल गरेर बिटक्वाइन स्टोर गर्न सकिन्छ । यो मुद्रा आफ्नो डिभाइसमै पासवर्डमार्फत् सुरक्षित राखिने हुनाले यसलाई कसैले चोर्न वा नष्ट गर्न सक्दैन । आफूसँग रहेको भौतिक रुपैयाँ पैसाबाट बिटक्वाइन किनेर पनि सञ्चित गर्न सकिन्छ ।
भौतिक मुद्रा कुनै पनि देशको केन्द्रिय बैङ्क वा सरकारको नियन्त्रणमा जारी हुन्छ भने बिटक्वाइन ओपन सोर्स सफ्टवेयरमार्फत् जो कोहीले पनि माइनिङ गरी तयार गर्न सकिन्छ । माइनिङ सफ्टवेयरमार्फत् विश्वका धेरै व्यक्तिहरूले माइनिङ गरिरहेका हुन्छन् । एक व्यक्तिले आफूसँग भएको बिटक्वाइन अर्काे व्यक्तिलाई ट्रान्सफर गरी ट्रान्सफर कन्फर्म भएपछि मात्र कारोबार सफल हुन्छ । यसको लागि १० मिनेटको समय लाग्छ । विश्वका विभिन्न ठाउँबाट धेरै व्यक्तिहरूले माइनिङ गरिरहने हुनाले प्रत्येक १० मिनेटमा १२.५ बिटक्वाइनमात्र सिर्जना हुन्छ र यो माइनिङ गर्नेहरू सबैको खातामा बाँडिएर प्राप्त हुन्छ । त्यसैले यो जोसुकैले जति पनि सिर्जना गर्न सकिन्न । यो एक नियममा आधारित रहेको हुन्छ । हरेक ४ वर्षमा प्रति १० मिनेटमा सिर्जना हुने बिटक्वाइनको सङ्ख्या आधा हुंदै जान्छ । जस्तो सुरुको समयमा माइनिङबाट १० मिनेटमा ५० बिटक्वाइन निस्कन्थ्यो भने ४ वर्षपछि प्रति १० मिनेटमा २५ बिटक्वाइन निस्कन्थ्यो र अहिले यो प्रति १० मिनेटमा १२.५ मा झरेको छ । साधारण कम्प्युटरको माध्यमबाट माइनिङ गर्दा बिटक्वाइनका ससाना इकाई मुद्राहरूमात्र सिर्जना हुने गर्दछ । शक्तिशाली मेशीन प्रयोग गरी माइनिङ गर्दा छिटो हुने भएकोले शक्तिशाली माइनिङ मेशीनहरूको प्रयोग गरिन्छ ।
रुपैयाँको सानो अंश पैसा भनेजस्तै बिटक्वाइनको सानो अंशलाई सटोशी भनिन्छ । १ बिटक्वाइनमा १० करोड सतोशी हुन्छ । सुरुमा ५० बिटक्वाइन सिर्जना गरेका थिए । यसको सिर्जनामा पनि एक निश्चित सीमा हुन्छ । विश्वमा जम्मा जम्मी २ करोड १० लाख बिटक्वाइन सिर्जना भएपछि नयाँ बिटक्वाइन सिर्जना बन्द हुनेछ । हाल कुल बिटक्वाइनको ७५ प्रतिशत सिर्जना भइसकेको समाचारमा आइसकेको छ ।
बिटक्वाइनको कारोबारले अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने हुनाले कतिपय देशहरूले यस मुद्रालाई अवैध घोषणा गरी यसको कारोबारमा समेत रोक लगाएका छन् । नेपालमा पनि २०७४ साल श्रावण २९ गते नेपाल राष्ट्र बैङ्कले एउटा सूचना प्रकाशित गरी यसको कारोबारमा प्रतिबन्ध लगाएको छ । केही कारोबारीलाई पक्राउ पनि गरेको थियो । फेसबुकहरूमा यसको विज्ञापनमा रोक लगाएको भए तापनि अझै पनि फेसबुक पेजहरू सिर्जना गरेर यसको प्रचारप्रसार गरी कारोबार गरिरहेका छन् । बिटक्वाइन सन् २००९ मै लन्च गरिएको भए तापनि नेपालमा भने सन् २०१३ पश्चात् मात्र कारोबार हुन थालेको हो । राष्ट्र बैङ्कका अनुसार नेपालमा करिब १० हजारसँग १ लाख बिटक्वाइन रहेको अनुमान गरिएको छ । जुन हालको मूल्यअनुसार झण्डै ९३ अर्ब बराबरको छ ।
नेपालमा कानुनीरुपमा अबैध भए तापनि धेरैले बिटक्वाइनमा लगानी गरेर यसको सञ्चिति बढाएका छन् । तर यसको कारोबारको आकार कति छ र कति नेपालीहरू यसमा संलग्न भएका छन् भन्ने स्पष्ट भएको छैन । कसैले यहिबाट लगानी गरिरहेका छन् भने कसैले विदेशमा रहेका साथीभाई तथा आफन्तहरूको माध्यमबाट लगानी गरिरहेका छन् । यसको कारोबार सेयर बजारसँग मिल्दोजुल्दो छ र बिटक्वाइन जुनसुकैबेला बेच्न सकिने हुनाले अधिकांश नेपालीहरूले महँगो मूल्यमा यसको बिक्री गरी लाभ लिने उद्देश्यले लुकीछिपी लगानी गरिरहेका छन् । यसको मूल्यमा पनि उतारचढाव भइरहन्छ । सन् २००९ मा लन्च भएको बिट्क्वाइनको मूल्य सन् २०१० मा आइपुग्दा १० सेन्ट मात्रै थियो भने सन् २०१३ को नोभेम्बर महिनामा ९७९ डलर सम्म पुग्यो । सन् २०१७ को डिसेम्बर महिनामा यसको मूल्य झण्डै १९,००० डलरसम्म पुग्यो ।
यो मुद्राबाट कतिपय देशहरूमा अन्य मुद्रासरह भुक्तानी गरी विभिन्न सामान तथा सम्पत्ति किनबेचमा समेत प्रयोग हुन थालेकोले विश्वभरी नै अनियन्त्रित तथा अबैध कारोबार हुने चुनौती बढेको छ । यो मुद्राको माध्यमबाट एक देशबाट अर्काे देशमा अवैध मुद्रा स्थानान्तरण (जुन पहिला हुण्डीमार्फत गर्थे), कालो धन सेतो बनाउन सम्पत्ति शुद्धिकरण, आतङककारी क्रियाकलाप, अपहरणमा फिरौति माग्ने, मानव बेचबिखन, लागूपदार्थ ओसार–पसारजस्ता अन्य वित्तीय आपराधिक कारोबारहरूमा समेत प्रयोग हुने सम्भावना बढेको छ । जस्तै, एक व्यक्तिले नेपालबाट अमेरिकामा कसैलाई पैसा भुक्तानी गर्न बिटक्वाइनमार्फत् पठाइदिए अमेरिकामा उक्त बिटक्वाइन पाउनेले चाहेको बेला तुरुन्त नगदमा परिणत गर्न सक्छ । अमेरिकामा बिटक्वाइन बैध भएकोले उक्त देशमा बिटक्वाइनमार्फत् भुक्तानी गर्न सकिन्छ ।
स्वदेशबाट अन्य देशमा मुद्रा स्थानान्तरण गर्न प्रयोग हुने अबैध माध्यम हुन्डीको ठाउँमा अनलाइनमार्फत् बिटक्वाइन कारोबार सजिलो हुने भएकोले यसको प्रयोगबाट नेपालजस्तो गरिब तथा सोझासिधा सर्वसाधारणको पैसा विदेशिने सम्भावना बढ्न सक्छ । नेपालमा पक्राउ परेका बिटक्वाइन कारोबारीहरूबाट पनि नेपालबाट पैसा विदेशिएको तथ्य फेला पारे तापनि कति पैसा बाहिरियो भन्ने यकिन तथ्याड्ढ पत्ता लगाउन सकिएको छैन । पक्राउ परेकामध्य अधिकांश अभियुक्तहरू विगतमा विभिन्न नेटवर्किङ मार्केटिङ (युनिटि, हर्बाे इन्टरनेशनललगायत) मा संलग्न, अमेरिकामा लामो समय बसोबासबाट बिटक्वाइनबारे ज्ञान हासिल गरी नेपाल फर्केका, कमोडिटी तथा डेरिभेटिभ मार्केटमा संलग्न व्यक्तिहरू रहेको भेटिएका छन् ।
विगतका वर्षहरूमा युनिटी लाइफ, हर्बाे इन्टरनेशनल, डी.एक्स.एन., मेडी केयर, गोल्ड क्वेस्टजस्ता थुप्रै नेटवर्किङ मार्केटमा सर्वसाधारणले चाँडै धनलाभ गर्ने लोभले अर्बाै रुपैयाँ फसाएका थिए । बिटक्वाइनको मूल्यमा पनि अस्थिरताका कारण यसलाई सञ्चित गरेर लाभ प्राप्त गर्न लुकिछिपी यसमा लगानी गर्ने सर्वसाधारणहरू एक दिन आफ्नो पैसा फसाउन सक्छन् । विश्वकै ठूलो हेज फण्डका संस्थापक रे डालियोले पनि बिटक्वाइनलाई पानीको फोकासँग तुलना गरी कुनै पनि बेला यो बन्द हुने कुरा एक अन्तरवार्तामा व्यक्त गरेका थिए । यो मुद्रा कुनै विनिमय प्रणालीमा आएको कठिनाईबाट आविष्कार भएको नभई कुनै कम्प्युटर प्रोग्रामरबाट सिर्जित भएकोले भविष्यमा यसको अस्तित्वमा नै शंका गर्न सकिन्छ । बिटक्वाइन अनलाइनमा भिसा तथा मास्टर कार्डद्वारा यसको मूल्य तिरेर किन्न सकिने हुनाले अनलाईनबाट बिटक्वाइन किन्नका लागि विभिन्न बंैक कार्डद्वारा हुने भुक्तानीहरूलाई सरकारले कडा निगरानी राखेर नियन्त्रण गर्नु आवश्यक छ र बिटक्वाइनबारे सबैजना सचेत हुनुपर्ने बेला आएको छ ।
नेपाल कर्मचारी समाजको ‘सन्देश’ बुलेटिनबाट


Source: https://onlinemajdoor.com/?p=13414

Print this item

  अनलाइनखबरमा कसरी छिर्‍यो क्रिप्‍टोकरेन्सी ?
Posted by: admin - 08-11-2018, 10:29 AM - Forum: Bitcoin news in Nepali Media - No Replies

अनलाइनखबरमा कसरी छिर्‍यो क्रिप्‍टोकरेन्सी ?
 December 1st, 2017  Media Kurakani  Media News


सुरुमै प्रष्ट पारिहालौँ, यो सामग्री ‘क्रिप्‍टोकरेन्सी’ का बारेमा होइन। यद्यपि क्रिप्‍टोकरेन्सीका बारेमा जिज्ञासा छ भने तपाईँ टेलिग्राफको यो लेख वा क्याम्ब्रिज विश्वविद्यालयले यही वर्ष गरेको एउटा अनुसन्धानको प्रतिवेदन पढ्न सक्नुहुन्छ। यो वेबसाइटले पनि तपाईँलाई क्रिप्‍टोकरेन्सीका बारेमा बुझाउँछ। गुगलमा Crypto Currency लेखेर सर्च गर्नुभयो भने यसबारे हजारौँ पेजहरू भेट्नुहुनेछ। जमाना कस्तो आयो भने हुँदै नभएको (भर्चुअल वा अभौतिक) पैसा (क्रिप्‍टोकरेन्सी) किन्न आफूसँग भएको ठूलो रकम खर्चिनुपर्ने। अहिले चर्चामा रहेको बिटक्‍वाइनजस्ता १३ सय १८ प्रकारका क्रिप्‍टोकरेन्सी प्रयोगमा रहेको एक वेबसाइटमा उल्लेख छ। अब सिधै हाम्रो विषयमा प्रवेश गरौँ।


[size=undefined]
साइबर सेक्युरिटी कम्पनी थ्रेटनिक्सका को-फाउन्डर समेत रहेका साइबर सेक्युरिटी विज्ञ सचिन ठकुरीले गत मंगलबार फेसबुकमा एउटा पोस्ट गरे, जसमा भनिएको थियो कि अनलाइनखबरले वेबसाइटमार्फत बिटक्‍वाइनजस्तै मोनेरो नामक क्रिप्‍टोकरेन्सी माइनिङ गरेको छ।
नयाँ क्रिप्‍टोकरेन्सी उत्पादन हुने प्रक्रियालाई माइनिङ भनिँदो रहेछ। बिटक्‍वाइन वैध कि अवैध ? शीर्षकको एक लेखमा रमेश घिमिरे लेख्छन्- ‘बजारमा नयाँ बिटक्वाइन सिर्जना हुने प्रक्रियालाई माइनिङ भनिन्छ। यो दुई व्यक्तिबीच बिटक्‍वाइनको कारोबार हुँदा भेरिफिकेसन गर्ने कार्य हो। सबै व्यक्तिसँग भएको बिटक्‍वाइनको रेकर्ड ब्लकचेनमा रहेको हुन्छ। ब्लकचेनमा भएको बिटक्‍वाइन कारोबार गर्न खोजेको हो भन्ने पुष्टि गर्ने कार्य माइनिङ हो। माइनिङ सफ्टवेयर डाउनलोड गरेर जोकोहीले माइनिङ गर्न सक्छ। माइनिङमा सफलता पाउन उच्च गतिको इन्टरनेट, निरन्तर विद्युत आपूर्ति, हाई प्रोसेसर कम्प्युुटर र माइनिङ डिभाइस हुनुपर्छ।’
पाठकको जानकारीबिना क्रिप्‍टोकरेन्सी माइनिङका लागि उनीहरूको ‘कम्प्युटर पावर’ प्रयोग गरिनु अनैतिक भएको उनको जिकिर थियो। अनलाइनखबरले आर्थिक फाइदाका लागि वेबसाइटमा गोप्यरुपमा माइनिङ स्‍क्रिप्‍ट राखी पाठकको जानकारी बिना उनीहरूको र्‍याम र सिपियु प्रयोग गरेको उनको भनाई थियो।

ठकुरीको पोस्ट लगत्तै अनलाइनखबरले निराधार आरोप लगाइएको भन्दै हचुवाका भरमा छवि ध्वस्त पार्ने काम नगर्न आग्रहसहित उनको स्ट्याटसमा कमेन्ट गर्‍यो। ठकुरीले भनेजस्तो मोनेरो माइनिङको स्क्रिप्ट अनलाइनखबरमा नरहेको जिकिर उसको थियो।[/size]
Quote:[Image: _VVSW4D6_normal.jpg]
[/url]BISHWORAJ@bishworaj_g

 · Nov 28, 2017



Replying to @aakarpost and 2 others
Isn't this illegal in Nepal?

Quote:[Image: Ob_BVWUn_normal.jpg]
Onlinekhabar

@Online_khabar


अनलाइनखबर क्रिप्टोकरेन्सीको हिडन स्क्रिप्ट प्रयोग गरेको भन्दै सोसल मिडियामा हल्ला फैलाइएछ । त्यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ +
3:27 PM - Nov 28, 2017
[size=undefined]
Twitter Ads info and privacy


[/size]
Quote:[Image: Ob_BVWUn_normal.jpg]
Onlinekhabar

@Online_khabar




Replying to @bishworaj_g and 2 others

अनलाइनखबरले त्यस्तो कुनै स्किप्ट प्रयोग नगरेको जानकारी गराउन चाहन्छौं । हाम्रो प्राबिधिक टिमले परीक्षण गर्दा हाम्रो स्क्रिप्टमा कुनै समस्या छैन र तपाइले स्क्रिनसटमा राखेको जस्तो माइनिङ स्क्रिप्ट पनि प्रयोग भएको छैन ।यदि कुनै प्रयोगकर्ता बिशेष कहाँ यस्तो समस्या आएको हो भने +
3:29 PM - Nov 28, 2017
[size=undefined]
Twitter Ads info and privacy


[/size]
Quote:[Image: Ob_BVWUn_normal.jpg]
Onlinekhabar

@Online_khabar




Replying to @bishworaj_g and 2 others

+ हाम्रो प्राबिधिक टीमले त्यसको कारण पत्ता लगाइ हामीले समाधान गर्नुपर्ने बिषय भए समाधान गर्न हामी तत्पर छौं । तर, हचुवाका भरमा इमेज ड्यामेज गर्ने काम नगरौं ।
धन्यवाद
3:30 PM - Nov 28, 2017

  • 3

  • [url=https://twitter.com/Online_khabar]See Onlinekhabar's other Tweets
[size=undefined]
Twitter Ads info and privacy



अनलाइनखबरको जिकिरपछि ठकुरीले फेसबुकमा पुनः अर्को पोस्ट गरे। जसमा आफूले अघिल्लो पोस्ट गरेको १५ मिनेटमा मोनेरोको स्क्रिप्‍ट अनलाइनखबरबाट हटाइएको उनले उल्लेख गरेका छन्। अनलाइनखबरमा मोनेरोको स्क्रिप्ट राखिएको भिडियो पनि उनले राखेका छन्। Coinhive नामक वेबसाइटबाट मोनेरो माइनिङको कोड अनलाइनखबरमा राखिएको देखिन्छ।

त्यसपछि अनलाइनखबरका संस्थापक एवं प्रधान सम्पादक धर्मराज भुषालले वक्तव्य निकालेर ‘केही दिन पहिलेको आर्काइभ परीक्षण गर्दा अनधिकृत स्क्रिप्ट प्रयोग भएको र मंगलबार साँझ त्यसलाई हटाइएको पाइएको’ उल्लेख गरे।
‘हाम्रो प्राविधिक टिमको प्रारम्भिक अनुसन्धानमा अनलाइनखबरको सर्भर अनधिकृत रुपमा एक्सेस गरी क्रिप्‍टोकरेन्सीसँग सम्बन्धित स्क्रिप्ट अनलाइनखबरको फाइलमा राखेको र निश्चित समयपछि हटाइएको देखिएको छ’, वक्तव्यमा उल्लेख छ, ‘यस्तो आपराधिक कार्य सर्भर पहुँच गर्ने विधिहरूको अनधिकृत प्रयोग गरी तेस्रो पक्षबाट ‘साइबर क्राइम’ का रुपमा बद्‍नियतपूर्ण ढंगबाट गरिएको देखिएको हुँदा सो काम कसले र कुन उद्देश्यले गरेको हो भनी पहिचान गर्ने कोसिस भइरहेको छ।‘
थप अनुसन्धान गरी दोषी पत्ता लगाउन नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुरोध गरिसकेको उल्लेख गर्दै वक्तव्यमा अनुसन्धानमार्फत् अपराधी पत्ता लाग्ने आशा व्यक्त गरिएको छ।
यस्तो छ अनलाइनखबरको वक्तव्य
[img=810x0]http://www.mediakurakani.com/wp-content/uploads/2017/11/24255136_1611285748929940_1904672509086786954_o.jpg[/img]
सुरुमा अस्वीकार गरे पनि पछि तेस्रो पक्षले वेबसाइटमा अनधिकृत रुपमा मोनेरो स्क्रिप्‍ट राखेर क्रिप्‍टोक्‍वाइन माइनिङ गरेको स्वीकार्दै अनलाइनखबरले प्रहरी गुहारेकोले यो विषय निरुपण हुन केही समय पर्खिनुपर्ला तर कसले गर्‍यो भन्दा पनि कसरी गर्‍यो भन्ने प्रमुख विषय बन्नुपर्ने ठान्छन्, साइबर सेक्युरिटी विज्ञ ठकुरी।
‘अनलाइनखबर एउटा उदाहरणमात्र हो। यस्तो त धेरै वेबसाइटहरूमा भइरहेको हुन सक्छ’, उनले मिडिया कुराकानीसँग भने, ‘त्यो खतरासँग कसरी जुध्ने भनेर सुरक्षाका उपाय अपनाउनु मुख्य कुरा हो।‘
साइबर सुरक्षाका उपायहरू के हुन् भन्ने अर्को सन्दर्भमा चर्चा गरौँला, अहिलेलाई क्रिप्‍टोकरेन्सी किन बहसको विषय भयो भन्ने चर्चा गर्दै यो सामग्री बिट मारौँ।
क्रिप्‍टोकरेन्सी नेपालमामात्र होइन, विश्वभर नै अहिले बहसको विषय छ। अनलाइनखबरले नै ७ वर्षमा १० हजार डलर कसरी बन्यो ११० करोड डलर ? शीर्षकमा बिबिसीको एउटा लेख छापेको छ जसमा तीन वर्षअघि ७५३ अमेरिकी डलर मूल्य रहेको एउटा बिटक्‍वाइनको मूल्य एक वर्षको अन्तरमा १३०० प्रतिशतले वृद्धि हुँदै कसरी ११ हजार अमेरिकी डलर पुग्यो भन्ने विषयमा चर्चा गरिएको छ।
कति मुलुकले यसलाई गैरकानुनी मानेका छन् भने कति देशले यसको कारोबारलाई खतरा ठानेका छैनन्। तर अर्थशास्त्रीहरू तथा यसप्रकारको डिजिटल करेन्सीका पक्षमा रहेकाहरूले यसलाई गम्भीरताका साथ हेरिनुपर्ने मत राखेको देखिन्छ।
नेपालमा किन चर्चाको विषय भयो भने यो हामीकहाँ गैरकानुनी छ। गत असोज तेस्रो साता क्रिप्‍टोकरेन्सीको अहिलेको सबैभन्दा चर्चित ‘ब्रान्ड’ बिटक्‍वाइन कारोबार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो।
र, अन्त्यमा
अनलाइनखबरका सम्पादक अरुण बरालले ‘साइबर अपराधीले अनलाइनखबरविरुद्ध फायर खोलेको’ उल्लेख गर्दै ट्‍विटरमा लेखेका छन्- ‘पत्रकारिताका नाममा भूठको खेती गर्नेहरुलार्इ पनि सिसाको घरमा बसेर गुलेली नचलाउन अनुरोध छ।’[/size]


[size=undefined]https://www.mediakurakani.com/2017/12/01/know-all-about-crypto-currency-mining-in-onlinekhabar/[/size]

Print this item